भाजपा नेता बरुण गान्धी सपरिवार नेपाल भ्रमणमा, दक्षिणकाली र पशुपतिमा विशेष पुजा
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २२:५९:५६
१४ फाल्गुण, काठमाडौं । भारतीय राजनीतिमा बिपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीका भाई एवं सत्तारुढ भाजपाका नेता बरुण गान्धी सुटुक्क दुई दिने नेपाल भ्रमण सकेर फर्केका छन् । हिजो दिउँसो अपरान्ह भारतीय विमानबाट सपरिवार काठमाडौं आएका उनी आज नयाँ दिल्ली फर्किएका हुन् । उनी संजय गान्धीका सुपुत्र हुन् ।
भारतीय नेताहरु नेपाल भ्रमणमा आउँदा निकै चर्चा परिचर्चा हुने गरेपनि बरुण गान्धीको भ्रमण बारे नेपाली मिडियाले कुनै जानकारी नै पाएनन् । उनी बौद्धस्थित पाँचतारे होटल हायातमा बसेका थिए । आएको साँझपख बसन्तपुर दरबार अवलोकन गरेका गान्धीले आज बिहानै प्रसिद्ध तीर्थस्थल दक्षिणकाली मन्दिर पुगेर दर्शन तथा पुजाअर्चना गरेको बताइन्छ ।
त्यसलगत्तै उनी सपरिवार पशुपतिनाथ मन्दिर पुगेर विशेष पुजा गरेका थिए । सो पुजाका बेला पशुपति क्षेत्र विकास समितिका सदस्यसचिव डा. प्रदीप ढकालले उनको स्वागत तथा सत्कार गरेका थिए ।
आफ्नो विशुद्ध धार्मिक एवं पारिवारिक भ्रमण रहेको बताउदै नेता गान्धीले आफुले नेपालका कुनै नेता तथा शुभचिन्तकहरुलाई नभेटेको पशुपति मन्दिर परिसरमा उपस्थित चर्चित अधिवक्ता गणेश केसीसँगको कुराकानीमा बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार