हाइब्रिड मकैमा भाइरसको सङ्क्रमण, किसान चिन्तित
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार १:५१:४
१५ फागुन सर्लाही । सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘¥याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक सङ्क्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक सङ्क्रमण देखिएको हो ।
भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने, मकैको पात रातो हुने, गुंभो सुक्ने तथा काटिने, पात खुइलिने र प्वाल पर्ने गरेको किसानले गुनासो गरेका छन् । उखुखेती लगाउँदा उखुको भुक्तानी नपाएको पीडामा परेका किसान खेती परिवर्तन गरी मकैखेतीमा लागेका भए पनि मकैमा समेत सङ्क्रमण देखिन थालेपछि थप पीडित बनेका छन् । मकैको पातसमेत रातो हुने, सुक्ने तथा गुंभो सुक्ने र काटिने समस्या देखिएको किसानले बताएका छन् ।
यस क्षेत्रमा लगाइएको अधिकांश मकैमा यो समस्या देखिएको स्थानीय किसान राजु महत्तोले बताए । धानचमरा लाग्ने समयमा मकैको बोट नै सुक्न थाल्नुका साथै मकैको बोटपात सुकेपछि जसरी नी किसान मर्ने नै रहेछ भन्ने अनुभव हुन थालेको अर्का किसान ठाकुर पौड्यालले बताए । किराका कारण वा अन्य कारण आफूहरुलाई थाहा नभएको तर मकैमा उक्त भाइरसको व्यापक सङ्क्रमण देखिएपछि आफूहरु पीडित भएको किसानको गुनासो छ ।
मकैमा ¥याडो फिनो र मेडस्ट्रीक भाइरसको सङ्क्रमण देखिएपछि पात सुक्ने र मकैले खाना बनाउन नसक्ने भएका कारण मकै मर्ने गरेको उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताए। उक्त भाइरसको सङ्क्रमण देखिएपछि अन्नबालीमा ५० देखि १०० प्रतिशत उत्पादन घट्ने यादवको भनाइ छ । यो सङ्क्रमण आफैँ नभई भुसुना जस्तै लाइ किरा र लिफ होपर किराले एक स्थानबाट अर्को स्थानमा सार्ने गरेको यादवको भनाइ छ ।
जिल्लामा हरेक वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा ५.३ लाख टन मकै उत्पादन हुने गरेको थियो । तर, पछिल्लो समयमा अन्नबालीमा विभिन्न किसिमका सङ्क्रमण देखिएपछि उत्पादन घट्ने क्रम जारी रहेको छ । साथै मकैमा घोगा नलागी धानचमरामा दाना लाग्ने गरेको परवानीपुरका अर्का किसान विक्रम थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार