जिम्बाब्बेमा यस वर्ष गम्भीर मानवीय सङ्कट
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १३:१४:१३
१६ फागुन एजेन्सी । चार दशक यता देखिएको चरम खडेरीका कारण जिम्बावले यस वर्ष गम्भीर आर्थिक सङ्कटको सामना गरेको अन्तर्राष्ट्रि«य मुद्रा कोषले बिहीबार चेतावनी दिएको छ ।
विशेषज्ञहरूले दक्षिणी अफ्रिकी उक्त मुलुकको भ्रमण गरेका र अधिकारीहरूसँग भेट गरेपछि आईएमएफ टोलीले उक्त चेतावनी जारी गरेको हो । जिम्बावेको अर्थव्यवस्थामा एक दशकभन्दा बढी गिरावट देखिँदै आएको र यहाँ नगद, इन्धन, औषधी र खानाको दीर्घकालीन अभाव देखिएको उक्त टोलीले बताएको हो ।
पसलहरूमा प्रमुख खाद्यान्नको रूपमा प्रयोग हुने मकै वा पोषणका अन्य प्रमुख स्रोतहरूको अभाव देखिएको अनुगमन अधिकारीहरूले बताए । चालीस बर्षको अन्तरालमा देखिएको सबैभन्दा लामो खडेरीले दुःखलाई थप गरेको छ । देशको कूल जनसङ्ख्या एक करोड ५० लाखमध्ये करिब आधा जनसङ्ख्याले खाद्यान्न अभावको सामना गरिरहेको बताइएको छ ।
“आइएमएफका कार्यकारी निर्देशकले जिम्बाब्वेले नीतिगत गलत कदम र जलवायु परिवर्तन दुबै कारण आर्थिक तथा मानवीय सङ्कट र सम्बन्धित पिडा भोगेको अध्ययनबाट देखिएको छ,” आइएमएफले बताए । आइएमएफले सन् २०२० मा पनि खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको र यस वर्ष खाद्यान्न उत्पादन वृद्धि हुने कुनै पनि सङ्केत नदेखिएकोले खाद्यान्न अभाव कायम रहने आइएमएफले उल्लेख गरेको छ ।
“सामाजिक खर्चमा महत्वपूर्ण अंशले वृद्धि हुने र यसले सामाजिक आवश्यकतालाई सम्बोधन गर्न नसक्ने देखिन्छ,” आइएमएफले भनेको छ । “आधिकारिक ऋणदाताहरुलाई ठूलो बाह्य खर्च तिर्नु पर्ने कारण जिम्बाब्वे अझै केही वर्ष ऋणको सङ्कटमा रहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१७ मा रोबर्ट मुगाबेको स्थानमा राष्ट्रपति भएका र सन् २०१८ जुलाईमा निर्वाचित राष्ट्रपति भई आएका इमर्सन म्यानगाग्वा व्यावसायिक गतिविधिलाई पुनर्जीवित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र सन् २०३० सम्म मध्यम आएको अर्थतन्त्रको ओहदा प्राप्त गर्ने बाचासाथ नेतृत्वमा रहेका उनलाई गत वर्ष भएको खडेरीले आफ्ना प्रतिज्ञालाई पूरा गर्न कठिनाई भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार