छालाका सामग्री गलाउन प्रयोग हुने ढिकेनुनको भरमा सीमा क्षेत्रका नागरिक
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १८:३०:४७
१९ फागुन,कैलाली । कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन् । त्यहाँका स्थानीयवासी घर अगाडि नुन आउने भएपछि गुणस्तरहीन ढिकेनुन प्रयोग गर्न वाध्य छन् ।
“अवैध ढङ्गले नेपाल भित्रिएको गुणस्तरहीन ढिकेनुन आयोडिन नुनभन्दा सस्तो हुन्छ”, टीकापुर–९ खक्रौलाकी सीमा बुढाले भनीन्, “खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायतका कबाडी सामानसँग साटेर ढिकेनुन मिल्छ । किन महँगो नुन खानु भनेर यही खान्छौँ ।”
भारतीय नागरिकले बिक्री गर्ने ढिकेनुन उपभोग गर्दै आएका अधिकांश स्थानीयवासीलाई ढिकेनुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन । “नुन कस्तो हो भन्नेबारेमा त हामीलाई खासै जानकारी छैन”, खक्रौलाकै तर्कबहादुर सुनार भन्छन्, “पुरानै चलन हो, हामी त यस्तै नुन खाँदै आएका छौँ ।”
भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिकेनुन उत्पादन गर्दै आएको छ । ढिकेनुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ । सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ । ढिकेनुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले बताएका छन् ।
निकासी पैठारी ऐन, २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ । नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ । सूचना अधिकारी कुँवरले कुनै पनि व्यक्तिले भारतबाट एक किलो नुन पनि ल्याउन नपाउने बताए । “प्रहरी र प्रशासनसँग आयात रोक्नका लागि बेला बेला पत्राचार भइरहेको हुन्छ, तैपनि आउने गरेको छ, त्यो अवैध काम हो”, उनले भने, “राज्यका सुरक्षा संयन्त्रले रोक्नुपर्छ ।”
साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ । जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथामका लागि प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको स्थानीयवासी बताउँछन् । भजनीका जयबहादुर सार्कीले भारतीय नुन खुलेआम भित्रिरहेको बताए । उनका अनुसार दर्जनौँ भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिकेनुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन नेपाल भित्र्याइरहेको बारेमा जानकारी नभएको बताए । “यसबारेमा मलाई खासै जानकारी छैन”, भट्टले भने, “ढिकेनुन भारतबाट लुकीचोरी आइरहेको भए हामी कडाइका साथ रोक्छौँ ।”
स्थानीयवासी भने सीमानाकाबाटै दिनहुँ कयौँ भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन साइकलमा बोकेर नेपाल भित्र्याउने गरेको बताएका छन् । उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमा नुन बेचेर फर्किने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार