छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १९:५१:२०
१९ फागुन काठमाडौं । काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, महानगरपालिका-३२ जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भई भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङ समेत २ जनालाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारको लागि बिर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ भने स्कुटरमा सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कडेललाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारका लागि केएमसी अस्पतालमा सिनामंगल रिफर गरिएको छ ।
प्युठान, स्वर्गद्धारी नगरपालिका-२ स्थित सडकमा भे.१ च १७१५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-५ खनाल चोकस्थित सडकमा ना.५६ प ३१९७ नम्बरको मोटरसाइकल भे.१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ दैलेखी चोकस्थित सडकमा भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय यम बहादुर बिक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र बिक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही नगरपालिका-८ बस्ने तुल बहादुर रजालीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नेपालगंज नर्सिंङ होम बाँकेतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, कालिगण्डकी गाउँपालिका-१ हटियास्थित सडकमा लु.४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका-७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-१३ रुचानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय बृषलाल माझीको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार