राममणि क्याम्पसमा तालाबन्दी
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २२:५६:२
१९ फागुन काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
विभिन्न २१ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियुले आज क्याम्पसप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिए पनि माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएपछि तालाबन्दी गर्नुपरेको सङ्गठनका अध्यक्ष सागर न्यौपानेले बताए ।
उनले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्य अगाडि बढाउन, ई–लाइब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारी बनाउन माग गरिएकामा प्रशासनले बेवास्ता गरेको बताए ।
क्याम्पसको सभा–सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाब पारदर्शी गर्न, हालै विज्ञान सङ्कायका संयोजकसहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानबिन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति नगरपालिकाभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार