अन्न फल्ने खेत बाँझो छ, सांसदहरुकाे गाँजा फलाउने बहस
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बिहिबार १:२२:१२
यज्ञप्रसाद भट्टराई
२१ फागुन, काठमाडाैं । कुनै समयमा विश्व ब्रम्हाण्डमा नेपालको ईतिहास गौरवमय थियो । हामीकहाँ आराध्यदेव पशुपतिनाथदेखि गौतमबुद्धको जन्मस्थल, विभिन्न देवीदेवताका शक्तिपिठ, धार्मिक स्थलका साथै पूर्विय संस्कृतिका धरोहर चारै वेद, अठार पुराण, विभिन्न उपनिशद्, साथै विभिन्न धार्मिक ग्रन्थका ज्ञाताहरुको तपोभूमी, ज्ञान भूमी, हिन्दूधर्म तथा किराँत धर्मका आराध्य भगवानहरुको क्रिडास्थल थियो । विभिन्न ऋषि महर्षिहरुले तप गरेको, ध्यान गरेको, ज्ञान प्राप्त गरेको यस धराधामलाई कुनै समय स्वर्णिम र धार्मिक युग भनिन्थ्यो । धर्मले तमाम नागरिकलाई अनुशासनमा बाँधेको थियो । गुरु चेला बीचको सम्बन्धले समाजलाई थप प्रगाढ स्नेह र अपार मायाँमा परिणत गरेको थियो । अन्याय, अत्याचार, रिस, बैरभाव जस्ता कुराहरु सायदै हुने गर्दथे । एकले अर्कालाई सहयोग गर्दथे ।
त्यही देश अहिलेको अवस्थामा आईपुग्दा भ्रष्ट, पापी, अत्याचारी, बलात्कारी, घुषखोरी, दलला र लुटेराहरुको उदगम स्थलका रुपमा फक्रिएको छ । हाम्रो देशलाई गौतम बुद्धले चिनाए, अरनिको र भक्ती थापाले चिनाए, बलभद्र कुँवर र पृथ्वीनारायण शाहले चिनाए । भृकुटी र सिताले चिनाईन, राम शाह, त्रिभुवन र पाशाङ्गल्हामु शेर्पाले चिनाईन् भन्दा अहिले अचम्म लाग्छ ।
अहिलेको अवस्थाको अध्ययन गर्ने हो भने हाम्रो देशलाई भ्रष्ट नेता, भ्रष्ट मन्त्री र तिनलाई छत्रछायाँ दिन पर्दा पछाडिका अन्य व्यक्तिहरुबाट विश्व सामु देश दुर्गन्धित मात्रै भैरहेको छ । यस्ता समाचार सुन्दा, पढदा र लेख्दा तमाम नेपालीको मन अमिलो हुन्छ । विदेशी सञ्चार माध्यममा नेपाल भ्रष्टचारीको सूचिमा दिनानुदिन बढदै जाँदा तमाम नेपालीको कहिल्यै नझुकेको शिर लाजले नतमष्तक हुन्छ । असैह्य पीडा हुन्छ । बेदनाका चित्कारहरु मनबाट बाहिरिदै गलामा ल्याएर अड्काउँछन् । बाहिर निकाल्यो भने यिनै भ्रष्टका मतियारहरुले जिउदै परमधामको बाटो देखाउँछन् ।
हाम्रो देश प्राकृतिक रुपमा सुन्दर मात्र छैन । बनस्पतिय प्रचुरतामा पनि उत्तिकै धनी छ । नेपालको पानीमा औषधी छ । झारपात र बोटबिरुवामा औषधी छ । फलफुल र बनस्पतिमा औषधी छ । माटो माटोमा औषधी छ । बाटो बाटोमा औषधी छ । अमला, हर्रो, बर्रो र कागतिमा औषधी छ । चिराईतो, ओखर, काफल र किम्बुमा औषधी छ । अदुवा, अम्लिसो र बेसारमा औषधी छ । प्रत्येक प्राकृतिक सम्पदामा औषधी छ । खोजी गरेर त्यसलाई नगदमा परिणत गर्ने हातहरुको मात्रै कमी छ ।
हजाराैं बनस्पती र खनिज पदार्थको प्रचुरता भएको हाम्रो देशमा यि विषयहरुमा देशको गरिमामय संसदमा कहीँ कतै कुरा उठेको पाईंदैन । कतै कुनै सांसदले यसलाई नयाँ ढंगले उपयोग र सदुपयोग गर्ने विषयमा संसदको ध्यानाकर्षण गरेको सुनिदैन । किनकी यसले कुनै ठूलो धनराशी हात पर्दैन । देशमा रहेको एउटै मात्र औषधिखानाले नागरिकका लागि आवश्यक पर्ने सामान्य औषधी समेत उत्पादन गर्ने क्षमता राख्दैन । देशका दूर दराजका नागरिक सिटामोलको अनुहार हेर्न नपाएर मर्छन् । जीवनजलको पुरीया देख्न नपाएर मर्छन् । यस्तो देशमा जनताका प्रतिनिधिका रुपमा सांसद भएर गएका ब्यक्तिहरु भने देशमा गाँजा खेतिको कुरा गर्छन् ।
अहिले नेपालमा फेरि एक पटक गाँजा खेतीले मान्यता पाउनु पर्छ भन्ने बिषयमा जोडदार रुपमा आवाज उठन थालेको छ । आवाज गाँजा खेती गर्ने सर्वसाधारण नागरिकबाट हैन सांसद र मन्त्री स्तरबाट उठन थालेको छ । जग्गा दलालको काममा सरकारले केही अंकुस लगाउन थालेपछि जग्गा दलाली पेशामा लागेका कही नेतृत्व पंतिलाई राति निन्द्रा लाग्न छोडेको छ । त्यसैले त अहिले देशमा सिल्पिङ्ग ट्याब्लेटको भाउ ह्वात्तै बढेको छ ।
देश समृद्ध बनाउन नागरिकलाई शिप सिकाउन जरुरी छ । देशमा आर्थिक उन्नति ल्याउन औधोगिक क्रान्ती गर्न जरुरी छ । बेरोजगारी समस्या समाधान नगरी आम नागरिकको क्रय शक्तिमा बढोत्तरी हुनै सक्दैन । गरिब जनताले क्रय शक्तिको अभावमा महङ्गा सामाग्री प्रयोग गर्न सक्दैनन् । आम नागरिकको आर्थिक अवस्थामा सुधार नल्याई समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुन पनि सक्दैन ।
विकासका लागि देशमा जताततै बाटो बन्न जरुरी छ । बिजुली पुग्न जरुरी छ । स्वच्छ खानेपानी र उचित स्वास्थ्योपचारको व्यवस्था गर्न जरुरी छ । व्यवसायिक र उत्पादनमुखी शिक्षा दिन जरुरी छ । बाहिरिएको शैक्षिक जनशक्ति स्वदेश फर्काउने योजना बन्न जरुरी छ । सरकार यतापट्टी ध्यान दिनै चाहदैन । देशका सांसदहरु यसलाई विकास भन्नै रुचाउदैनन् ।
त्यसैले त अब देशका अन्न फल्ने फाँटहरुमा गाँजा खेती लगाउनु पर्छ । नेतालाई गाँजा खेतीको नाईके बनाउनु पर्छ । नेताका अघिपछि हिँडने ड्रग माफियाहरुलाई कारोबारको मुख्य एजेण्ट बनाउनु पर्छ । गाँजा खेतीबाट मात्रै देश समृद्ध बन्ने देखियो सरकार यसलाई संसदको यही अधिबेशनबाट पास गराउनु पर्छ ।
देशमा रहेको प्रचुर मात्रामा रहेको खनिज तेलको उत्खननको कुरा गर्भमै हरायो । पहाडको नुन खानी र फलाम खानीको उत्खनन चुनावको भाषणसँगै विलायो । देशमा आर्थिक उन्नति र मुलुक कायापलट गराउन देशमै रहेको युरेनियमको खानीको उत्खनन पनि सार्थक हुनसक्छ यसमा सांसदको ध्यान पुग्न सकेकै छैन ।
देशमा रहेको अति उपायोगि वनस्पति र खनिजको पूर्ण उपायोगका लागि बरु विदेशबाट बैज्ञानिक अन्वेषकहरु ल्याएर अनुसन्धान गराउन सकिन्थ्यो । यतातिर सरकार, सरकार सञ्चालन गर्ने दल र तिनका सांसदहरुको कुनै चासो देखिदैन । चासो देखिन्छ त गाँजाखेती गरेर तत्काल धनी बन्ने । गाँजा खेतिबाट प्राप्त हुने आम्दानी सँगै त्यसले जनतामा पुर्याउने नकारात्मक असरका बारेमा कुनै खोज अनुसन्धान गरियो त सांसदज्यू ??
वास्तवमा मुलुकको कायापलट गराउने गाँजाखेती मुलुकलाई रंगिन तथा संगितमय सारंङ्गीबाजा त हुने हैन । देशको आर्थिक उन्नतिका लागि अब गाँजा मात्र हैन भाङ्ग, धतुरो र अफिमकोसमेत खेती गर्नु पर्छ । देशका आधा भन्दा बढी जनसंख्या कुलत र दुब्र्यसनीमा फस्नु पर्छ । देशका होनहार नेता जतिले यसको व्यापार गर्नु पर्छ । पार्टीका तमाम कार्यकर्तालाई गाँजा खेतीमा अनुदान दिनु पर्छ । अनुदानको आधा रकम आगामी चुनावको लागि पार्टीले फिर्ता लिनुपर्छ । बालुवाटारको आँगनमा गाँजा खाँदै दिउसै बाँसुरी र सारङ्गीको धुनमा गाँजामै लट्ठिएर कार्यकर्ता जति रमाउँदै नाच्नु पर्छ ।
नेपालीको प्राण धान्ने अन्नबाली (धान, मकै, गहुँ, कोदो, फापर, जौं, आलु आदि) का समस्याका बारेमा संसदमा कुरा हुँदैन । पहाडका पाखा र कान्लामा लगाउन सक्ने अम्लिसो, अदुवा र बेसार जस्ता औषधिजन्य बिषयमा सांसदको ध्यान पुग्दैन । अझ हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा, चिराईतो, पाखनबेद, पाँचऔले जस्ता औषधिजन्य बनस्पतिको बिषयमा राजधानी छिरेर नेता भएका सांसदहरुलाई थाहासम्म छैन ।
तर केही छैन हाम्रा सांसद हुन् । हाम्रा सांसदले कुरा बुझेका छन् । अवसर मात्र पाउनु पर्छ हाम्रा सांसदले गर्छन् । पशुपतिनाथको मन्दिरमा बर्षै पिच्छे आउने भारतिय अधनग्न तथा नग्न साधुहरुकालाई अब बिस्तारै आफ्नै देशका साधुहरुले बिस्थापित गर्नु परेको छ । गाँजा, भाङ्ग र अफिम आफ्नै देशमा उत्पादन गरेर नेपालबाट बाहिर गैरहेको अरबौं रुपैया आप्mनै देशमा रोक्नु परेको छ । चिन्ता छ, हाम्रा देशका सांसदहरुलाई पशुपतिनाथमा बर्षै पिच्छे आउने साधुहरुले लाने गरेको करोडौं दक्षिणाको, यसलाई आफ्नै देशमा रोक्नु परेको छ ।
लौन सरकार, छिटो गाँजा खेती सम्बन्धि बिधेयक संसदबाट पास गर्नु पर्यो । शिवरात्रिका लागि आवश्यक पर्ने गँजडी अब आफ्नै देशमा उत्पादन गर्नु पर्यो । नत्र शिवरात्रिमा नेपालको करोडौं रकम भारतिय साधुका नाममा सधै दक्षिण तिरै जाने भो । शिवरात्रिको प्रसाद सधैं भारतिय साधुले मात्रै खाने भो । यत्ति पनि गर्न नसक्ने नेपालका सांसदहरु भनेर हाम्रो देशको त ईज्जतै जाने भो ।
अब नेपाल समृद्ध हुनेछ । हरेक नेपालीका हातमा एक एक थान चिलिम र हरेक नेपालीका गोजिमा गाँजा हुनेछ । सरर तान्यो, बिन्दाश जियो जिन्दगी, अनि भएन त हरेक नेपालीलाई आनन्दै आनन्द ?? अनि भएन त हरेक नागरिकलाई आत्मशन्तुष्टी ?? ढिलो भैसक्यो सरकार, अब बिलम्ब गर्नु हुदैन । हिसाब गरेका छौं ?? गाँजाका नाममा अहिलेसम्म कति रकम विदेश गैसक्यो ??
नेपालकै ईतिहाँसमा नेपालका सांसदहरुले उठाएको अहिलेसम्मकै उत्तम र अनुकरणीय आवाज हो यो गाँजा खेतीलाई बैधानिकता । यस्तो अवसर फेरि फेरि आउनेवाला पनि छैन । देशकै बलियो बहुमतको सरकार हुँदा पनि यत्ति जाबो काम गर्न नसकेको भनेर भोलिका नागरिकले गित गाउने बाटो पनि छोडनु हुदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार