सुन्नु त ! कतै तपाईले मास्क महँगोमा बेचिरहनु भएको त छैन ?
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:३२:५३
२२ फागुन, काठमाडौं । के तपाईलाई थाहा छ ? यदि काठमाडौंमा बसोबास गर्दै हुनुहुन्छ ? तपाईलाई तत्काल मास्क चाहिएमा तपाईले पाउनु हुन्न । यदि कहि कतै पाउनु भयो भने पनि धेरै मुल्य तिर्नुपर्ने होला ?
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिले सबैका लागि मास्क लगाउन अनिवार्य भएको छ । यता सरकारले मास्क लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई कारबाही गर्न सुरु गरेको छ ।
पहिलो पटक नेपालबहस डटकममा मास्कको अभाव, मास्कमा कालोबजारी लगायतका समाधार प्रकाशित भएसंगै अन्य अनलाइनमार्फत मास्कको चरम अभावले नागरिकलाई सास्ती लगायतका समाचार बाहिरिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालेको जनाएको छ ।
विभागका अनुसार बुधबार मात्र क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लुकाएको आरोपमा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराएको र अन्य ८ वटा फर्मलाई सचेत गराइएको छ ।
यस्तै विभागले बुधबार नै त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।
त्यो भन्दा अघि विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको पनि जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै बजारमा मास्क तथा अन्य मेडिकलजन्य सामग्रीको कालोबजारी बढेपछि विभागले तीव्र अनुगमन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार