भूकम्पले क्षति पु¥याएको विद्यालय भवन बल्ल शिलान्यास
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:५२:५६
२२ फागुन काठमाडौं । विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पहिलो चरणमा आठ विद्यालय पुनःनिर्माण गर्दैछ । सो विद्यालय भवनको प्रदेशसभा सदस्य इन्द्र्रलाल सापकोटाले बुधबार शिलान्यास गर्दै शैक्षिक गुणस्तरका लागि भौतिक संरचना महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाको रु ७० लाख ४० हजार लागतमा चारकोठे भूकम्प प्रतिरोधी भवन निर्माण थालिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका कार्यालय प्रमुख मोतिलाल चपाईले जानकारी दिए । प्रधानाध्यापक कुमारप्रसाद शर्माले बालकक्षादेखि १० कक्षासम्म विद्यालयमा २४८ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । जिल्लामा भूकम्पले क्षति पु¥याएको २१५ विद्यालयमध्ये १८८ विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माण गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार