होली नखेल्न तथा सभा-सम्मेलनमा नजान काठमाडौं प्रशासनको आग्रह
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १८:२७:३७
२२ फागुन, काठमाडौं । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक सभा, सम्मेलन तथा भोजभतेरमा सहभागिता नजनाउन तथा होली नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिएपछि नेपाल समेत उच्च जोमिखमा रहेको विश्व स्वास्थ्य संगठनले ठहर गरेको छ ।
सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै सभा, सम्मेलन तथा भोजभतेर जस्ता कार्यक्रम नगर्न आग्रह गरेसंगै राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरु धमाधम रद्ध भईरहेका छन् । आज बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंका सुचना अधिकारी मानबहादुर बुढाले एक सुचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायतका कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध गरेका हुन् ।
उता चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्वसँगै नेपालको अर्थ व्यवस्थामा पनि असर पर्न थालेको छ । कोरोना भाइरसका कारण नेपालको होटल व्यवसायमा समेत प्रतिकुल असर परिरहेको छ । विशेष गरेर चाइना, इरान, जापान लगायतका देशहरुबाट नेपाल घुम्न आउने पर्यटक कोराना भाइरसका कारणले रोकिदा अर्थ व्यवस्थामा पनि ठूलो असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार