खजुरामा शीत भण्डार बन्नेः किसान खुशी
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १५:४५:९
२३ फागुन, राँझा । बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रुपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिगाहा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार ५०० मेट्रिक टन कृषिउपज भण्डारण क्षमता रहने गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए । उनका अनुसार, रु ९ करोड लगानीमा तयार हुने भण्डारको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ ।
प्रदेश सरकार, गाउँपालिका र सहकारी सञ्जालको संयुक्त सहकार्यमा बन्ने भण्डारले खजुरा क्षेत्रलाई कृषि प्रवद्र्धनमा थप सहयोग पुग्ने जनाइको छ । ५ नम्बर प्रदेश सरकारले रु पाँच करोड गाउँपालिकालाई निकासा गरिदिएको जनाइएको छ ।
“बाँकी रु चार करोडको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशील सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको छ,” अध्यक्ष कक्षपतिले भने, “साझेदारी नमूनाका रुपमा निर्माण भइरहेको शीत भण्डारका लागि गाउँपालिकाले नयाँ नीति बनाई व्यवस्थापन र सञ्चालन गर्ने विधिमा अगाडि बढेको छ ।”
सो गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले पहिलो चरणमा रु दुई करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र ढाँचा आगामी वैशाखसम्म निर्माण गरिने लक्ष्य रहेको जानकारी दिए । गाउँपालिकाको वडा नं ३ को बीगाउँ, केगाउँ र वडा नं २ को सीगाउँ, गौघाटलगायतका क्षेत्रमा बढी व्यावसायिक तरकारीखेती हुँदै आएको अगुवा कृषक लालबहादुर खत्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार