कोरोनाका कारण शिक्षण संस्था बन्द : धनगढी उपमहानगरपालिका
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:९:४८
२३ फागुन, कैलाली । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक–संस्थागत विद्यालयको पठनपाठनलगायत आन्तरिक परीक्षा बन्द गर्ने निर्णय गरेको छ । विश्वका अधिकांश देशमा महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभिड१९) को कारण उपमहानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यही फागुन २५ गतेदेखि लागू हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकामा बसेको सरोकारवालाको बैठकले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिएको छ ।
उनले कोरोनाको सङ्क्रमण छिटोभन्दा छिटो मानिसमा फैलिने गम्भीर प्रकृतिको रोग भएकाले यसको संवेदनशीलताबाट जोगिन सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको बताएका छन् । उपमहानगरपालिकाभित्र वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसको भीडभाडमा गरिने किसिमका कुनै पनि कार्यक्रम आयोजना नगर्न अनुरोध गरिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार