गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १४:२७:३८
२६ फागुन पोखरा । औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।
नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताए । उनले केही औषधि भन्सारमा रोकिए पनि डर मान्नुपर्ने अवस्था नरहेको जानकारी दिए । उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले बजारमा खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ सङ्घले सबै सरोेकारवाला निकायसँग सहकार्य गरेको उल्लेख गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको हुँदा यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गरे ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले व्यवसायीलाई सङ्कटको बेला उपभोक्ता भएर हेर्न आग्रह गरे । औषधि व्यवसायी कृष्ण पाण्डे, औषधि व्यवसायी सङ्घ अध्यक्ष विक्रम पन्त, औषधि व्यवसायीका केन्द्रीय सदस्य टङ्क अधिकारी, उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य रामबहादुर केसीलगायतले कोरोनाविरुद्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालासँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार