के लसुन र तातोपानीले कोरोना भाइरस रोकथाम होला र ?
कुसुम सेञ्चुरी
फागुन २७, २०७६ मंगलबार २०:३०:५७
२७ फागुन काठमाडौं । लसुन प्याज प्रजातिको मसला हो । यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन् । परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ । लसुनका पोटीहरू मिलेर बनेको दाना तथा पातसमेत प्रयोग हुन्छ । एक पोटी मात्र फाल्ने लसुनबाहेक अरु लसुनका दानामा धेरै पोटीहरू हुन्छन ।
पोटीहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ । यसको स्वाद पर्पर्याउने हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ । पछिल्लो समय चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएपछि भाइरसबाट बच्न लसुन निकै लाभदायिक हुने विज्ञहरुले बताएका छन् ।
चीन हुँदै संसारभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न लसुन खान केही विज्ञले सुझाव दिएपछि उक्त समाचार सामाजिक सञ्जालमा भाइरल भएको बीबीसीले उल्लेख गरेको छ । तर विश्व स्वास्थ्य सङ्गठनको भनाईमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ । तर त्यसको प्रयोगले मात्र कोरोना भाइरसको सङ्क्रमण न्यून हुन्छ भन्ने कुनै प्रमाण नभएको जनाइएको छ ।
त्यसो त तपाई प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन । तर तिनले हानी गर्ने सम्भावना पनि हुन्छ । सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो । तर निश्चित भाइरससँग सङ्घर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण अहिलेसम्म कही कतै भेटिदैन ।
धेरैजसो भाइरसको सङ्क्रमण रोक्ने एउटा मुख्यविधिमा हात स्वच्छ राख्न दलिने ’स्यानिटाईजर जेल’ पनि पर्छ । तर धेरै ठाउँमा स्यानिटाईजरको अभाव भएको छ । तर त्यस्ता विधिबाट बनाइने जेल छालामा प्रयोग गर्न उपयुक्त नहुने वैज्ञानिकहरूले नै औँल्याएका छन् । तपाईलाई थाहा छ, अल्कोहल प्रयोग गरेर बनाइएका हातमा लगाउने जेलमा प्रायः छालालाई नरम बनाउने तत्व पनि हुन्छन् । त्यसमा अल्कोहलको मात्रा ६० देखि ७० प्रतिशत हुन्छ ।
प्रत्येक १५ मिनेटमा पानी खाने
धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक “जापानी चिकित्सक“लाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ । उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ ।
त्यो सन्देश अरबी भाषामा हजारौँ पटक शेयर भएको छ । तर प्राध्यापक ब्लूमफील्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन् । हावाबाट सर्ने भाइरसहरू श्वासनली हुँदै शरीरमा छिर्छन् । तीमध्ये केही मुखमा जान सक्छन् । तर बारम्बार पानी खाए पनि तपाई सङ्क्रमणबाट जोगिन सक्नुहुन्न । तैपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो ।
तातोपानीको प्रयोग गर्ने, आईसक्रीम नखाने
भाइरसलाई तातोले मार्ने दावीसहित तातोपानी सेवन गर्ने, तातोपानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव पनि दिइएको छ । विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेयर गरेका सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ । तिनमा तातोपानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्छन् भन्ने दावी गरिएको छ तथा आईसक्रीम नखान सुझाव दिइएको छ ।
कोरोना भाइरस प्रकोपबारे फैलिएका अफवाह र मिथ्या समाचारको चिरफार गर्दै प्राध्यापक ब्लूमफील्डका अनुसार भाइरसका लागि शरीरलाई अनुपयुक्त बनाउन शरीर तातो राख्ने प्रयास गर्ने वा घाममा बस्ने कुरा पूर्णतया अप्रभावकारी हुन् ।
उनका अनुसार शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सीअस तापक्रम चाहिन्छ जुन साउना वा तातोपानीले नुहाउँदाभन्दा अत्यधिक हो ।
तन्ना वा रुमाल ६० डिग्रीमा धुनु राम्रो हो । किनभने त्यसो गर्दा कपडामा भएका भाइरस मर्छन ्। तर छाला सफा गर्ने यो उपाय व्यावहारिक छैन । अनि तातोपानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन । बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार