छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २१:२:२९
२९ फागुन काठमाडौं । बारा, रुपन्देही, बाँके र नवलपरासी ‘पश्चिम’ का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बारा, प्रसौनी गाउँपालिका-२ स्थित सडकमा बा.३० प ४६६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका बस्ने १८ वर्षीय सुवास पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
रुपन्देही, सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.३ त ८५८५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने केशब केवटको ३ वर्षीय छोरा निरज केवटको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-५ कृष्णकमल कटेजस्थित सडकमा भे.६ प ७२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी’पश्चिम’, प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित सडकमा लु.३२ प ३९०६ नम्बर र यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा लु.३२ प ३९०६ नम्बर मोटरसाइकल चालक बर्दघाट नगरपालिका-१५ कुकुरमारा बस्ने ३५ वर्षीय राजन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल चालक भारत कुशिनगर बस्ने ३२ वर्षीय अमित पाल र सुस्ता गाउँपालिका-३ बालुवाटोल बस्ने ८० वर्षीय रामराजा पालको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार