प्रहरीले जाहेरी गम्भीररूपमा नलिँदा डम्बरले गरे आफ्नै छोराको हत्या
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २१:१२:४२
२९ फागुन कञ्चनपुर । भीमदत्तनगरपालिका–२ उल्टाखामका डम्बर चन्दले गत फागुन २२ गते सहोदर दाजु गणेश चन्दलाई चिरपटले हानेर घाइते बनाए । प्रहरीलाई खबर गरेपछि सोही दिन कुटपिट गर्ने चन्द प्रहरी नियन्त्रणमा पुगे । कुटपिट भएको दोस्रो दिन फागुन २३ गते भाइको कुटाइबाट घाइते भएका गणेश ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे ।
चन्दको मुद्दा सुनुवाइ नभएको एक साता नबित्दै कुटपिट गर्ने डम्बरले बुधबार साँझ आफ्नै छोरा १४ वर्षीय सुर्वणको हत्या गरेका छन् । लामो समयदेखि मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गर्दै आएका अभियुक्त डम्बरले छोराको घाँटीमा कैँची प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
“मलाई कुटपिट गर्दा प्रहरीले जाहेरी लिएर कारवाही बढाएको भए आज यत्रो घटना हुने थिएन”, हत्या गरिएका सुर्वणका जेठाबुबा गणेशले भने, “जनप्रतिनिधिलाई फोन गर्दा प्रहरीलाई भन्नुस् भनेर वास्ता गरेनन् ।” बुधबार साँझ बुबाको आक्रमणबाट घाइते भएका चन्दलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयवासीले बिहीबार भीमदत्तनगरपालिका–२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । “वडा प्रतिनिधिले घटना हुँदा कुनै चासो र चिन्ता नलिएको भन्दै वडामा आक्रोश व्यक्त गरे”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कशनानन्द भट्टले भने, “अभियुक्त डम्बर पक्राउ परिसकेका छन् ।”
उनले सुवर्णको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका अभियुक्त डम्बरले दाजु गणेशलाई भन्दै छोराको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले हत्याका अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । प्रहरी प्रवक्ता पौडेलले गत फागुन २२ गते चन्द दाजुभाइको कुटपिट घटनामा प्रहरीले सूचनाका आधारमा डम्बरलाई नियन्त्रणमा लिएको बताएका छन् ।
“हामीले दुवै दाजुभाइको स्वास्थ्य परीक्षण गराएर प्रक्रिया अगाडि बढाउँदै गर्दा डम्बरले मादक पदार्थ सेवन गरेको भेटिएपछि हिरासतमा राख्यौँ”, पौडेलले भने, “जाँच गर्दै जाँदा डम्बरको शरीरमा पनि नीलडाम देखिएपछि उनकी श्रीमतीको रहोवरमा उपचारका लागि पठाएका थियौँ ।”
उनले उक्त कुटपिटको घटना पनि प्रहरी अनुसन्धानमै रहेको बताए । “गणेश चन्दले आफू कुटिए भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा ल्याएर आउनुभएको थियो”, उनले भने, “तर जाहेरीमा हस्ताक्षर थिएन, पछि प्रहरीमा आएनन् ।”
प्रवक्ता पौडेलले डम्बरलाई गत फागुन २३ गते उपचारका लागि श्रीमतीको जिम्मा लगाएको जानकारी दिएका छन् । “डम्बरको विरुद्धमा प्रहरीमा पुगेको जाहेरी दर्ता भएको भए आज सुवर्णले ज्यान गुमाउनु पर्थेन कि भन्ने हो ।” उल्टाखामका एक स्थानीयवासीले भने, “प्रहरीले जाहेरीलाई गम्भीररूपमा नलिँदा डम्बरले घटना घटाए ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार