कोरोनाविरुद्ध सरकारको योजना : ‘पकेट एरिया लकडाउन’देखि विमानस्थल बन्द !
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:४:६
२९ फागुन, काठमाडौं । देशको कुनै क्षेत्रमा कोरोना भाइरस ‘कोभिड —१९’ को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लकडाउन’ गर्ने बताएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र पकेट एरिया लकडाउन गर्ने योजना सरकारले बनाएको बताए।
उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेशनमा रहेको बताए। उनले भने, ‘अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्नेदेखि लिएर पकेट एरिया लकडाउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ। आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ।’
कोरोना संक्रमण विकसित भए अनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए। प्रवक्ता देवकोटाले कोरोनाको संक्रमण देखिएका देशहरुमा नेपालबाट गरिने हवाई उडानहरु स्थगित गर्ने सरकारको योजना रहेको बताए।
देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरिएको छ। स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ। प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए । संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनु पर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।
विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको
आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको ।
उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको ।
भारतसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरुमा आपतकालिन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरुको योजना गरिएको ।
विदेशस्थित कुटनीतिक नियोग तथा दुतावासमार्फत त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना सम्बन्धि सूचना प्रभाव गरिएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकरुपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गरिरहेको लगायतका रोकथाम तथा नियन्त्रण कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले नेपालमा कोरोना संक्रमण फैलिएमा के गर्ने भन्ने रणनीतिहरु पनि सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा उल्लेख गरिए अनुसार ‘पकेट एरिया लकडाउन’ गर्ने जनाएको छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश समेत रहने छन् ।
त्यस्तै कोभिड–१९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने रणनीति सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने ।
अत्यावश्यक सामाग्री वाहेक अन्य वस्तुहरुको आयात–निर्यात महामारी अवधिभर बन्द गर्ने ।
देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।
आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार