औषधि पसलहरुमा उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:४०:४३
२९ फागुन, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरुको अनुगमन गरेको छ ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगाति र च्याम्हासिंमा सञ्चालनमा रहेका औषधि पसलको अनुगमनको क्रममा उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव भएको पाइएको छ । अनुगमनको क्रममा चाँगुनारायण पोलिक्लिनिक प्रालिका सञ्चालक सुजित श्रेष्ठले उच्चरक्तचाप र मधुमेहको औषधिको अभाव भएकोे बताएका छन् ।
त्यसैगरी अनुगमन गरिएका उक्त पोलिक्लिनिकलगायत जगाती मेडिकल हल, सुसा फर्मेसीमा क्लिनिक, नवदुर्गा औषाधि पसल, यातु औषाधि पसल, च्याम्हासिं मेडिकल हललगायतमा गरिएको अनुगमनमा औषधि अभाव हुन नदिन आवश्यकताभन्दा बढी बिक्री वितरण नगर्न र औषधि बिक्री गर्दा अनिवार्यरूपमा बिल दिएर रेकर्ड राख्न टोलीले निर्देशन दिएको अनुगमन समितिका सदस्य रामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।
अनुगमनमा जगाति मेडिकल हलमा औषधि तापक्रम मिलाएर राख्न, औषधिको लागि फ्रिज राख्न, पसलमा बस्ने व्यक्तिको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र अनिवार्य राख्न र क्लिनिक सञ्चालन गर्ने भए छुट्टै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको र लागुऔषध बिक्री वितरणबारे जानकारी लिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताएका छन् ।
त्यस्तै नवदुर्गा औषधि पसलमा म्याद नाघेको औषधि भि–मेट ५०० दुई बट्टा र मेटा–एच ८५० दुई पाकेट बरामद गरी नष्ट गर्न निर्देशन दिएको छ । केही औषधि पसलमा बस्नेले औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र नभएको पाइएकाले तत्काल प्रमाणपत्र राख्न, म्याद नाघेको औषाधि हप्तैपिच्छे कम्युटर प्राणलीबाट जाँच गर्न, म्याद गुज्रेका औषधि बिक्री नगर्न, बिक्री गर्ने ठाउँमा नराख्न, अनुमति नलिइ क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएको छ ।
कतिपय औषधि पसलले दर्ता नवीकरणसमेत नगरेको पाइएकाले तत्काल दर्ता नवीकरण गर्न पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार