कञ्चनापुर आधारभूत विद्यालयकाे पूर्वाधार अवस्था उदेकलाग्दो
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २१:१३:५५
१ चैत बलेवा । कक्षा कोठा निर्माण गर्न नसक्दा बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा रहेको कञ्चनापुर आधारभूत विद्यालयको पठनपाठन प्रभावित हुने भएको छ ।
कक्षा ७ सम्म पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा बार्षिक परीक्षा चलिरहेको छ । नयाँ शैक्षिकसत्रसँगै कक्षा ८ सञ्चालन गर्नुपर्ने भए पनि कक्षाकोठा अभाव रहेको विद्यालयले जनाएको छ । विसं २०३६ देखि सञ्चालनमा रहेको विद्यालयले विसं २०७५ देखि कक्षा ६ र चालू वर्षदेखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ ।
“कक्षा ८ सञ्चालनको आवश्यकता छ तर कक्षाकोठा चुनौती बन्नेभो”, विद्यालयका प्रधानाध्यापक पुनराम गिरीले भने, “भवन नै छैन कक्षाकोठा कसरी व्यवस्थापन गर्नु ।” नयाँ खुल्ने कक्षाको लागि समस्या देखापरेको र तत्कालै दुई कोठाको भवन चाहिएको उनले बताए ।
“विद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन”, उनले भने, “आउने शैक्षिकसत्रदेखि त भुँइमै राखेर पढाउनुबाहेक विकल्प छैन ।” विद्यालयमा १४२ छात्रछात्रा पढ्छन् । चालू आवमा शिक्षा तथा समन्वय एकाइ र गाउँपालिकाको सहयोगमा चारकोठे भवन सम्पन्न भएको छ । अहिले विद्यालयमा आठ मात्र कक्षाकोठा छन् ।
कक्षा कोठा थप गर्नका लागि स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताए । “स्रोतको अभावले पूर्वाधारको अवस्था उदेकलाग्दो छ”, उनले भने, “शैक्षिक सामग्री भुइँमा राख्नुपर्ने अवस्था छ ।” साविक सिसाखानी गाविस वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर वृद्धिका लागि शैक्षिक विकास गर्न जरुरी रहेको उनको भनाइ छ । कोठा अभावमा पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार