छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ३:०:१५
१ चैत, काठमाडौं । भक्तपुर, कैलाली, नवलपरासी ‘पश्चिम’, चितवन र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ स्थित जय व्रहमाजी इँटाभट्टामा बा.५ ख ७९७१ नम्बरको मिनी टिपरको ठक्करबाट गम्भीर घाइते भएका सोही भट्टामा काम गर्ने सर्लाही जियारत घर भएका ईश्वर मोक्तानको १८ महिनाको छोरा शिशिर मोक्तानको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१२ स्थित सडकमा ‘अनटेष्ट’ लेखिएको खेत जोत्ने टेलिपावरबाट खसेर गम्भीर घाइते भएका टेलिपावरमा सवार सोही स्थान बस्ने कृपा राम चौधरीका छोरा ७ वर्षीय प्रबेश चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको छ । टेलिपावर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी ‘पश्चिम’, सुनवल नगरपालिका-५ बनकट्टीमा एचआर ४५ बि ६३३१ नम्बरको ट्रकले लु.१७ प ७३९४ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक रामग्राम नगरपालिका-१४ पर्सावल बस्ने २४ वर्षीय प्रदिप अग्रहरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-७ वीरेन्द्रनगर चोकमा प्रदेश १-०१००१ ख ३४६४ नम्बरको बसले प्रदेश ३-०२०१४ प १४४६ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार बारा परवानीपुर नगरपालिका-२ बस्ने २३ वर्षीय राजिव ठाकुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालक भरतपुर महानगरपालिका-१० बस्ने २२ वर्षीय श्रीसव देवकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुर, आमचौक गाउँपालिका-९ माजखानीस्थित सडकमा ना.३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका बोक्सेटार बस्ने १८ वर्षीय तेज बहादुर बस्नेतको घट्नास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार