छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १९:३१:३४
३ चैत काठमाडौं । धनुषा, सहिदनगर नगरपालिका-१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक धनुषा कमला नगरपालिका-७ सिंग्याहीमडान बस्ने २२ वर्षीय संजिव महराको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाही, बाग्मती नगरपालिका-७ तुफानपुरस्थित बाग्मती खोलामा ना.२ त ९९८९ नम्बरको ट्याक्टरबाट खसेर आइतबार साँझ सोही ठाउँ बस्ने ३२ वर्षीय रामपुजन सहनीको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० भुजेलास्थित सडकमा म.१ त १११० नम्बरको ट्याक्टर र म.२ प १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका डिमुवा बस्ने ३४ वर्षीय खगेन्द्र जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल हुँदै भारतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ ३४ वर्षीय हरिदत्त जोशीको उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार