कोरोनाको मारमा होटल व्यवसायी, व्याज छुटको माग
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २०:२८:२२
३ चैत, काठमाडौं । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरुले आग्रह गरेका हुन् ।
क्षेत्रीय होटल सङ्घले बैठक बसी सरकारसँग व्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष दीपक भट्टराईकाअनुसार कम्तीमा ६ महिनाको व्याज मिनाहा गरीदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । नेपाल होटल एसोसिएशनले यही चैत ५ गते बैठक बोलाएको भन्दै भट्टराईले सोपश्चात सरकारसँग माग अघि बढाइने जानकारी दिए ।
पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले सौराहाका होटलहरु सुनसान जस्तै भएका छन् । अहिले भएका विदेशी पर्यटकसमेत आफ्नो देशले फिर्ता बोलाएपछि फर्कन थालेका छन् । नयाँ सबैको बुकिङ् रद्द भएको छ । उनका अनुसार अहिले दैनिक २०० को हाराहारीमा मात्र पर्यटक रहेका छन् । गतवर्ष यतिबेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए ।
अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन् । सौराहामा ११५ वटा होटल सञ्चालनमा रहेका छन् । भट्टराईको भनाइमा एउटा होटलको रु एक करोड देखि रु ३० करोडसम्म बैंकिङ ऋण रहेको छ ।
एकिन तथ्याङ्क नभए पनि सौराहाका होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण रहेको छ ।
सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायीहरु बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको देखिन्छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा नराम्रो असर पु¥याएको छ । पर्यटकबाट आश्रित साना होटल, रेष्टूरेन्ट, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ । व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराई बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
पुरुषको औसत आयु ६८.२, महिलाको ७३.८ वर्ष
बैशाख २३, २०८१ आइतबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार