ओलीको जिद्धीपनले स्वास्थ्यमा जटिलता आउन सक्ने
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २२:२४:१०
३ चैत्र, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली १२ दिनको अस्पताल बसाईपछि सरकारी निवास बालुवाटार छिरे, गएको शुक्रबार । आफ्नै जिद्धी स्वभावले उनको बालुवाटार प्रवेश चिकित्सकले चाहे विपरित छिटो भयो ।
प्रधानमन्त्रीलाई बालुवाटार लैजानुभन्दा तत्काललाई अस्पतालमै राख्दा बढी सुरक्षित हुने उनीहरुको बुझाई थियो । तर ओली भने दुनियाँलाई आफू तन्दुरुस्त छु भन्ने देखाउन चाहन्थे । त्यसैको प्रतिफल थियो हिजो साँझ सिंहदरबारमा आयोजित सार्क नेताहरुको भिडियो कन्फरेन्स ।
दुई दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेताहरुलाई कोरोना भाइरसबिरुद्ध साझा लडाईं लड्न आह्वान गरेका थिए । मोदीको उक्त भनाइप्रति ओलीले सकारात्मक प्रतिक्रिया दिए । अझ औचित्यबिहिन हुने अवस्थामा रहेको सार्कको भविष्यलाई समेत व्यूताउने बुझाई धेरैको रह्यो । त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न वर्तमान सार्क अध्यक्ष रहेको नेपालका प्रधानमन्त्रीले धारणा राख्नु स्वभाविक थियो ।
तर दुई दिनपछि मोदीको आह्वानमा गरिएको भिडियो कन्फरेन्समा ओलीको सक्रिय सहभागिता भने अनौठो र बिस्मयकारी रह्यो । चिकित्सकहरुको रायसुझाव विपरित प्रधानमन्त्री ओली हिजो करिब दुई घण्टा सिंहदरबारस्थित हलमा भिडियो कन्फरेन्समा सहभागी थिए । त्यसको प्रत्यक्ष असर उनको स्वास्थ्यमा परेको छ ।
बालुवाटार स्रोतका अनुसार, आज बिहानैदेखि प्रधानमन्त्री ओली थला परेका छन् । अस्पतालबाट बालुवाटार छिरे लगत्तै बढाइएको उनको सक्रियता आजबाट घटेको छ । आज बिहान उनले भेट्न तय गरेका कतिपय भेटघाट रद्ध गरिएका छन् । ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह लगायतको टोली उनको हेरचाहमा व्यस्त छ ।
ओलीको सचिवालय सदस्य एवं पारिवारिक सदस्यलाई चिकित्सकको चर्काे गाली परेको छ । यो उमेरमा मृगौला प्रत्यारोपण भएको छ, त्यो पनि दोस्रो पटक, केही भयो भने त्यसको जिम्मा कसले लिन्छ ? तपाईहरुले त बुझ्नु प¥यो नि भन्दै डा. सिंहले प्रधानमन्त्री ओलीका सचिवालय सदस्यहरुलाई हप्काइन् । अप्रेशन गरेको कम्तिमा एकमहिना संक्रमणको उच्चजोखिम रहने भएकाले प्रधानमन्त्रीलाई पूर्णरुपमा आइसोलेसनमा राख्नु पर्ने राय उनले व्यक्त गरिन् ।
आजैबाट प्रधानमन्त्रीको भेटघाट बन्द गर्न समेत डा. शाहले आग्रह गरेकी छिन् । अब अत्याबश्यक काममा बाहेक प्रधानमन्त्रीले भेटघाट र औपचारिक कार्यक्रम नगर्ने निकट स्रोतले बतायो । प्रधानमन्त्री ओली दुनियाँका अगाडि स्वस्थ छु भन्ने देखाउन चाहन्छन्, तर उनको स्वास्थ ज्यादै कमजोर छ – उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार