कोरोना भाइरस संक्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?
कुसुम सेञ्चुरी
चैत ४, २०७६ मंगलबार १९:५४:५४
४ चैत, काठमाडौं । चीनमा गत डिसेम्बर महिनामा पहिलोपटक भेटिएको नयाँ कोरोना भाइरस कोभिड–१९ महामारीको रुपमा विश्वव्यापी फैलिएको छ । कसै कसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिरहेको छ । कोरोना भाइरसको संक्रमण अहिले १ सय ५२ भन्दाबढी देशमा पुगेको छ ।
यता विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सख्या ६ हजार ६ सय ६ पुगेको छ ।
कसरी भाइरसले संक्रमण गर्छ ?
मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यसलाई इन्क्युबेशन पीरीअड अथवा संक्रमणकाल भनिन्छ । त्यो बेला भाइरसहरूले तपाईको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् । यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईले सास फेर्दा कोरोना भाइरस शरीरमा पस्न सक्छ । तपाईले दूषित कुनै वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि त्यसले शरीरमा छिर्न सक्ने डाक्टरहरुले बताएका छन् ।
बीबीसीले समाचारमा जनाए अनुसार पहिला तपाईको घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अङ्ग कोरोना भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले तपाईका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन् ।
गम्भीर रोग
यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुनसक्छ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुनसक्छ । तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ । धेरै जलन भइरहे शरीरमा निकै धेरै हानी पनि हुनसक्छ । जलन हुनसक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ, किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मटले बीबीसीलाई भनेकी छिन् । यसरी फोक्सोमा हुने जलन नै निमोनिया हो । मुखबाट श्वासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ । त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ । तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ । यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ ।
अतिगम्भीर रोग
बिरामी भएका ६ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ । यतिबेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ । यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ’सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ । फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन । त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन, आन्द्रामा समेत क्षति पुग्न थाल्छ । यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ । यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ । त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ, त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ । तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ । त्यतिबेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन् ।
प्रारम्भिक मृत्यु
चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ । स्वस्थ भएपनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।
पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए । उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो । अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको मृत्यु भएको थियो । यस्तै अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए । उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको समाचारमा जनाइएको छ । उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो । तर त्यो पर्याप्त भएन । गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भएको थियो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार