डिक्सन्स कारफोनद्वारा करिब तीन हजार कर्मचारी कटौती गर्ने
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार २:२७:५८
४ चैत एजेन्सी । बेलायतको मोबाइल फोनको प्रसिद्ध विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ ।
कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको समय अनुसारको छनौट र कोरोना भाइरसकोण प्रभाव रोजगारी कटौतीको आधार भएको जनाएको छ । सन् २०१४ मा विद्युतीय सामानको खुद्रा विक्रेता डिक्सन्स र मोबाइल टेलिकम समूह कारफोन वेरहाउसलाई मिलाएर डिक्सन्स कारफोन कम्पनी बनाएको थियो । कम्पनीले अप्रिल ३ पछि सबै ५३१ मोबाइल स्टोरहरूलाई बन्द गर्ने बताएको छ । यो समूहले आगामी दिनमा मोबाइल फोनको अनलाईन वितरक ३०५ करीस पीसी वर्ड शाखाहरूबाट मोबाइल फोन तथा अन्य उत्पादनहरूलाई विक्री गर्ने बताएको छ ।
मोबाइल फोन शाखामा रहेको घाटा व्यवस्थापन गर्न र कम्पनीलाई लाभ हुनेगरी नयाँ निर्णय लिन लागेको बताएको छ । समूहले यस वर्ष नौ करोड पाउण्डस्टर्लिङ करिब १० करोड ९० लाख अमेरिकी डलर बराबरको क्षति व्यहोर्ने अनुमानपछि उक्त कदम चालेको बताइएको छ ।
ग्राहकहरूले मोबाइल उपकरण र कनेक्टिभिटी किन्ने तरिका परिवर्तन गर्दैछन् । उनीहरूले मोबाइल सेटहरू प्रायः प्रतिस्थापन गरेपछि अर्को किन्ने क्रममा पछिल्लो समय अनलाइन सेवाबाट लिने क्रम बढेपछि कम्पनीले पसलहरूलाई राख्नु घाटाको व्यापार गर्नुजस्तो भएकोले कम्पनीले पछिल्लो निर्णय लिएको हो । यसबाट प्रत्यक्ष करिब तीन हजार व्यक्तिले रोजगारी गुमाउनेछन् भने अन्य एक हजार ८०० कर्मचारीलाई पनि निर्णयले प्रभावित तुल्याउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार