क्यालिफोर्नियाका नागरिकहरुलाई घर बाहिर निस्कन प्रतिबन्ध
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १७:४३:१०
७ चैत, एजेन्सी । अमेरिकामा कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यका नागरिकलाई ‘घरभित्रै रहन’ भनिएको छ । भाइरसको सङ्क्रमण थप फैलिन नदिन क्यालिफोर्निया राज्यले नागरिकहरुलाई अनावश्यक रुपमा घरबाट बाहिर ननिक्लिन भनेको छ ।
गभर्नर गभिन न्युसमले क्यालिफोर्नियाका नागरिकले भाइरसको महामारीका बीच आवश्यक पर्दा मात्र घरबाहिर निस्कन सक्ने बताए । गभर्नर न्युसमले यसअघि नै चार करोड जनसङ्ख्या रहेको राज्यमा आउँदो दुई महिनामा आधाभन्दा बढी भाइरसको सम्पर्कमा आउन सक्ने बताएका थिए ।
अहिलेसम्म कोरोनाका कारण अमेरिकामा दुई सय १८ जनाको ज्यान गएको छ भने १३ हजार तीन सय १६ जनामा सङ्क्रमण पाइएको छ । सङ्क्रमितमध्ये एक सय २१ जना उपचारपछि घर फर्किएका छन् । ‘यो हामीले कडा निर्णय लिने समय हो । हामीले वास्तविकतालाई बुझ्नु आवश्यक छ’, गर्भनर न्युसमले भने ।
कोरोनाका कारण अमेरिकाले यो वर्ष हुने भनिएको जी–७ देशहरुको सम्मेलन पनि रद्द गरेको छ । अब यो सम्मेलन भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिनेछ । यो सम्मेलन आउँदो जुन महिनामा क्याम्प डेविडमा हुने तय भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार