बाँझो जग्गामा व्यावसायिक ओखरखेती गर्दै जाजरकोटका स्थानीय
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार १४:१८:५१
८ चैत, जाजरकोट । वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ ।
कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी कृषकलाई एक हजार ५०० बिरुवा वितरण गरेको छ । कृषकको जीवनस्तर आर्थिकरुपमा उठाएर व्यावसायिकरुपमा गति दिनलाई सो कार्य गरिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । स्थानीयवासी कृषक रामबहादुर बुढाले भने, “सबै बिरुवा सित्तैमा कृषि कार्यालयले उपलब्ध गराएको हो, हामी यसलाई राम्रोसँग हुर्काएर नतिजा निकाल्न चाहान्छौँ”, अधिकारीका अनुसार तीन वर्ष नर्सरीमा रहेकाले अबको तीन वर्षभित्र फल दिनेछ ।
यहाँको भूगोल, माटो र वातावरणीय अवस्थाअनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएको हो । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा रु ९०० परेको कार्यालयले जनाएको छ । त्यस्तै कुशे गाउँपालिका–७ समाइलामा २४६ घरधुरीलाई सात हजार बिरुवा वितरण गर्न लागिएको छ । प्रतिघरधुरी २८ बिरुवा वितरण गरिने छ । त्यस्तै नलगाड नगरपालिका–डाडाँकटारीमा रु ४० हजार कागतीका बिरुवा वितरण गर्न लागिएको छ । छेडागाड नगरपालिका–५ सिँचाइ आयोजना निर्माण स्थानीयवासीले सिँचाइ सुविधा पाएका छन् ।
त्यस्तै सोही ठाउँमा रु १८ लाखको आँपको बिरुवासमेत वितरण गर्ने अन्तिम तयारी भएको छ । प्रदेशसभा सदस्यको सिफारिसमा यी ठाउँमा बिरुवा वितरण गरिएको हो । ठाउँअनुसारको बिरुवा सिफारिस गरिएको र अर्को वर्षसमेत यो कार्यक्रम जारी रहने प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार