तत्काल राहत प्याकेज घोषणा गर्न नुवाकोट कांग्रेस सभापति केसीको माग
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २०:८:२०
१६ चैत्र, काठमाडौं । नुवाकोट कांग्रेस सभापति जगदीश्वर नरसिंह केसीले देश लकडाउनमा गएको एकसाता बित्न लाग्दासमेत गरिब र निमुखा जनताप्रति सरकार संवेदनशील हुन नसकेकोमा चिन्ता प्रकट गरेका छन् । लकडाउनप्रति नेपाली जनताले दर्शाएको समर्थनको उच्च सम्मान गर्दै सरकारले गरिब, मजदूर, संक्रमणको जोखिममा रहेका नागरिक र चिकित्सकहरुका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग नेता केसीले जोडदार माग गरेका हुन् ।
जो दैनिक ज्यालादारीमा गुजारा गर्छ , तिनलाई राहत दिन धेरै ढिला भईसकेकामा उनले गुनासो गरेका छन् । कोरोना भाइरसको महामारी फैलिएको यत्तिका दिनसम्म सरकार के हेरेर बसेको भन्दै उनले अत्यावश्यकीय सामग्री आपूर्ति गर्न आलटाल गर्दा संक्रमणको जोखिम झन् थपिएको आरोप लगाएका छन् ।
संक्रमितको उपचारमा खटिने चिकित्सकका लागि पीपीई र बिरामीका लागि जरुरी औषधिसमेतको व्यवस्था नगर्नु भनेको चरम लापरबाही हो भन्दै नेता केसीले भनेका छन् – अब राहत ल्याउन ढिला गर्दा ठूलो क्षति हुनसक्छ ।लकडाउन भएको छ दिन बितिसक्दासमेत सरकार मूकदर्शक भएको भन्दै नेता केसीले आजमात्र केही स्वास्थ्य सामग्री चीनबाट ल्याइएकोमा सो पर्याप्त नभएको आरोप लगाएका छन् ।
सरकार भनेको संकटका बेलाको अभिभावक हो, तर यो व्यवहारले उक्त मान्यतामा बिचलन आउनसक्ने भन्दै सभापति केसीले सरकारले तत्कालै नागरिकले अनुभूत गर्ने गरी स्वास्थ्य सेवाको क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।यस प्रयोजनका लागि सरकारले गर्नुपर्ने केही बुँदासमेत नेता केसीले सुझाएका छन् । जसमा यो महामारीबाट जोगिन अझै दुईसाताको लकडाउन आवश्यक रहेकाले सोही अनुसारको निर्णय सरकारले आजै लिनुपर्ने उनको माग रहेको छ ।
यस्तै संक्रमित बिरामीको उपचारमा संलग्न रहने चिकित्सकको व्यक्तिगत सुरक्षा सुदृढ तुल्याउन पीपीईको भरपर्दाे व्यवस्था गरिनुका साथै कम्तिमा ५० लाख रुपैयाँको स्वास्थ्य बीमाको घोषणा गर्न पनि उनले माग गरेका छन् । यसैगरी कोरोना संक्रमणको जोखिममा रहेका सबैको स्वास्थ्य परीक्षण गर्न मिल्ने गरी किटको व्यवस्था गर्नपनि उनले सरकारसँग माग गरेका छन् ।
दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्नेहरुको कष्ट सबैभन्दा कारुणिक रहेको भन्दै उनीहरुलाई कम्तिमा एक महिनाको राहत प्याकेज आजै घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार