सप्तरीका क्वारेन्टाइनमा भर्ना हुनेको संख्या २०१ पुग्यो
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार १:४७:५०
धीरुभाइ
२० चैत्र, राजविराज । सप्तरीका विभिन्न स्थानीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या २०१ पुगेको छ । क्वारेन्टाइनमा भर्ना भएका मध्ये नौ महिला र १९२ पुरुष रहेका छन ।
कोरोना भाइरस संक्रमणबाट जोगाउन बिहीबार २३ जना थपिएपछि यो संख्या पुगेको हो । बुधबार क्वारेन्टाइनमा भर्ना हुनेहरुको संख्या १८१ थियो । तीमध्ये नौ महिला गरी १७२ पुरुष थिए । भर्नामध्ये तीन जना पुरुष बिहीबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जिल्लाको १८ वटै स्थानीय सरकारहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ४९५ बेड रहेको छ ।
हिजो कोरोना भाइरसको कुनैपनि लक्षण देखा नपरेपछि दुई जना महिला र २८ जना पुरुषलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएकामध्ये जिल्लाको कञ्चनरुप नगरपालिकास्थित क्वारेन्टाइनबाट दुई महिला, चार पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । त्यस्तै डाक्नेश्वरी नगरपालिकाको क्वारेन्टाइनबाट चार, खडक नगरपालिकाबाट दुई, राजगढ गाउँपालिकाबाट दुई, रुपनी गाउँपालिका १५ र विष्णुपुर गाउँपालिकाबाट एक जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
विभिन्न देशबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सबैको अवस्था समान्य रहेको बताए । भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारका लागि चार वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार