लकडाउनमा डोको बुनेर सीपको सदुपयोग गर्दै स्याङ्जाका युवा
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार २१:४३:५०
२३ चैत्र, स्याङ्जा । अहिले नेपालीहरु आ—आफ्नो घरमा बसेर कोरोना भाइरस विरुद्ध लडिरहेका छन् । विश्वलाई नै आतंकित पार्ने गरि फैलिएको कोरोना भाइरससँग बच्ने एउटा मात्र उपाय बनेको छ लकडाउन । लकडाउन भएपछि घरबाट बाहिर हिडडुल गर्न पाईदैन । घरबाट बाहिर हिडडुल गर्न नपाएपछि अहिले नेपालीहरु टाइमपास कसरी गर्ने भन्ने मै आकुलव्याकुल भएको देखिन्छ ।
शहरबजार तिर इन्टरनेट र टेलिभिजन नै टाईमपासको अस्त्र बनेको छ भने ग्रामिण क्षेत्रतिर भने सीपको सदुपयोग गरेको देखिन्छ । यो समय चैते धान रोप्ने, मकै लगाउने र पाकेको हिउँदे वाली भित्र्याउने समय पनि हो । सरकारले लगाएको लकडाउन पनि करिब करिब दुईसाता बित्दै छ । यो लकडाउनको सदुपयोग गरियो भन्दै स्याङ्जा चापकोटका प्रेम रेग्मीले डोको बुनेर बसेको फोटो सामाजिक संजालमा पोष्ट गरे । उनको यो फोटोले सीप भएका व्यक्तिलाई लकडाउनको बेला टाईमपास मात्रै होइन सीपको सदुपयोग गर्ने बेला हो भन्ने सन्देश पनि दिएको छ ।
पोखरा पृथ्बीनारायण क्याम्पसमा मेनेजमेन्टमा मास्टर पढ्दै गरेका रेग्मीले आफुसँग भएको सीपको पुरा सदुपयोग गरेको बताए । उनले डोको बुनेको फोटो राख्दै फेसबुकमा लेखेछन्,“आउनुहोस फुर्सदको समयमा सीप सिकौ, मेरो सीप आजको उपलव्धी ।” उनले देखाएको यो जाँगरले सीप हुनेलाई लकडाउन अत्यन्तै उपयोगी हो भन्ने दर्शाएको छ ।
उनी डोको मात्रै बुनेर बस्ने योजनामा छैनन् । म यो लकडाउनको समयलाई यसरी सदुपयोग गर्दैछु रेग्मीले टेलिफोनमा कुराकानी गर्दै भने,“बाझो रहेको जमिनमा कागती लगाउने योजनामा छु ।” १ सय कागती लगाउने योजना हो तर विरुवा धेरै नपाएकाले ५० ओटा जति विरुवा लगाउने मनसायमा पुगे,उनले भने । कागतीका लागि उनले अहिलेसम्म ३४ ओटा खाल्डा पनि खनिसकेको सुनाए । सरकारले गरेको लकडाउनको उल्लंघन पनि नहुने घरको काम पनि हुने रेग्मीले भने ।
उनी मात्रै नभएर गल्याङका अर्का युवा कृष्ण बस्याल पनि यो समयमा सीपकै सदुपयोगमा जुटेका छन् । उनले पनि डोको बुनेको फोटो फेसबुमा राखेर लकडाउनको सदुपयोग भन्दै लेखेका छन् । उनले यो अवधीमा दुई ओटा डोका बनिसकेको बताए । बस्यालले गल्याङ बजारमा कम्प्युटर पसल चलाउदै आएका छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि उनको पसल अहिले बन्द छ । यो समयलाई उनले पनि सीपको सदुपयोग गरेको बताएका छन् ।
सामाजिक संजालमा अहिले धेरै समयको सदुपयोग गरेको विषय उठान गरेको देख्न पाईन्छ भने केही व्यक्तिहरुले भने देश विदेशलाई घरमै बसेर नियाली रहेको बताउदै आएका छन् । लकडाउनका कारण स्याङ्जा सुनसान छ । यो बेलामा सबैले सीपको सदुपयोग र उत्पादनमा जोड दिन सकियो भने सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने देखिन्छ । ११ पालिका रहेको जिल्ला अहिले कोरोना भाईरस नफैलियोस र यसबाट बच्नका लागि विभिन्न सचेतना समेत चलाउदै आएका छन् । अत्यावश्यक बाहेकका सवारी साधनहरु पुर्णरुपले बन्द छन् ।
सबैभन्दा बढी जोखिम विदेशबाट आएका युवायुवती देखिन थालेपछि सबै पालिकाले बाहिरबाट आएका युवायुवतीलाई होम क्वारेन्टाईनमै बस्ने व्यवस्था मिलाएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । अहिलेसम्म स्याङ्जाबाट शंका लागेका ७ जनाको स्वाब परिक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ भएको कुरुम्बाङ्ले बताए । अब विदेशबाट आउने सबैको स्वाब परिक्षण गर्ने तयारीमा लागेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार