लकडाउनका कारण व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १६:५६:५६
२४ चैत, सप्तरी । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो ।
स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी किनारमा किसानले व्यावसायिकरूपमा लगाएको तरकारी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी नहुदा चिन्तित बनाएको किसानहरूले गुनासो गरेका छन् ।
ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको स्थानीय वीरेन्द्र मगरदैताको भनाइ छ । सदरमुकाम राजविराजमा मात्र दैनिक दुईदेखि तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ तर उत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सप्तरीको पूर्वी भेगमा २५ किसानले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मोहम्मद राशिकले बताएका छन् । अहिले उनीहरूको खेतमा काँक्रो, फर्सी, लौकालगायत अन्य हरियो तरकारी उत्पादन भएका छन् । बजार पुु¥याउन नसक्दा लौका र काँक्रो खेतमै कुुहिएको उनले बताएका छन् । “काँक्रो टिप्ने हो भने झण्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नु ? बजार पुु¥याउन यातायातको सुुविधा छैन”, अर्का कृषक मोहम्मद मोहसिनले भने, “हातमा बोकेर कहाँ लगेर बेच्ननु ?”
किसानले व्यावसायिक खेती भएको स्थानमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन् । अर्का अगुवा कृषक आकाश यादवले किसानको उत्पादन बजारसम्म पुु¥याउन सहज हुुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरेका छन् । “व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । यहाँ उत्पादन भएको वस्तुु सहजरूपमा बजार पठाउन सके प्रदेश नं २ कै तरकारीको मागलाई थेग्न सक्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार