आँपको मजुरामा मधुवा किराको व्यापक प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २२:१९:१६
२४ चैत, काठमाडौं । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यो वर्ष बढी उत्पादन हुने विश्वास लिएका किसानले आँपको मजुरा (फूल)मा मधुवा किराले व्यापक क्षति पु¥याउन थालेपछि चिन्तित बनेका छन् ।
आँप उत्पादनको दृष्टिकोणले यो वर्ष बढी आँप उत्पादन हुने भए पनि आँप फल्नुआगावै मधुवा किराले मजुरालाई सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । मधुवा किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा थाहा नपाउँदा समस्या भएको सिरहाको गोलबजार नगरपालिका– ७ का किसान श्यामसुन्दर चौधरीले बताएका छन् ।
यस वर्ष आँप राम्रो फल्ने समय भए पनि मधुवा किराले आँपको मजुरालाई क्षति पु¥याउन थालेपछि अपेक्षाकृत रुपमा आँप नफल्ने चिन्ता बढेको उनको कथन छ । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा फल्ने आँप मुलुकको विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएका छन् ।
“यसपालि पातभन्दा बढी मजुरा थियो तर मधुवा किरा लागेर कालो हुन थालेको छ”, सप्तरीको सितापुरका किसान राजेन्द्र विश्वकर्माले भने, “मधुवा किराले कमजोर पारेकाले हावा चल्नेबितिकै मजुरा झर्न थालेको छ, समयमै औषधि छर्किन पाए मजुरा बचाउन सकिन्छ ।” तर यसबारे बुझ्न लकडाउनका कारण कृषि कार्यालयसम्म पुग्न नसकिरहेकाले समस्या भएको उनको कथन छ ।
आँपको पकेट क्षेत्रका रुपमा पूर्वपश्चिम राजमार्गसँग टाँसिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत छन् । यस क्षेत्रमा आँपको घना बगैँचा छन् । आँपको पकेट क्षेत्रमा मधुवा किराले मंजुरामा पु¥याएको क्षतिबारे किसानबाट गुनासो आएको र सोही आधारमा मधुवा किराबाट आँपको मजुरा जोगाउन एफएम रेडियोबाट जानकारी दिइरहेको कृषि ज्ञान केन्द्र राजविराजका सूचना अधिकारी दिनेश यादवले बताएका छन् ।
“मधुवा किरा हावा र माटोका माध्यमबाट एक बोटबाट अर्को बोटमा सर्ने गरेको छ”, उनले भने, “मुलुकमा लकडाउन जारी रहेकाले एफएम रेडियोबाटै आँपलाई मधुवा किराबाट जोगाउन किसानलाई आवश्यक परामर्श दिइरहेका छौँ, यो जानकारी पाएर किटनाशक औषधि छर्किए मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आउन सक्छ ।” मधुवा किरा र सुख्खा मौसमका कारण आँपको मञ्जरीमा क्षति भइरहेकाले पानीसँगै किटनाशक औषधि छर्किए यस वर्ष बढी आँप उत्पादन हुने सूचना अधिकारी यादवको भनाइ छ । यस वर्ष मञ्जरी सप्रियो भने दुई अर्बभन्दा बढी मूल्य बराबरको आँप उत्पादन हुने सम्भावना रहेको अनुमान गरिएको छ ।
सिरहामा गत वर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७५५ मेट्रिकटन आँप उत्पादन भएको थियो । यस्तै सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप मात्र उत्पादन भएको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार