लकडाउनका कारण सिँचाइ र बाली भित्र्याउन समस्या
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १८:३३:४६
२५ चैत, सुनसरी । देश लकडाउन भएका बेला सुनसरीका कृषकलाई समस्या भएको छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बेला कृषकलाई खेतबालीमा सिँचाइ गर्न र उत्पादन भएको बाली भित्र्याउन समस्या भएको हो ।
जिल्ला सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जुलगायत गाउँपालिका तथा नगरपालिकामा रहेका कृषकले लकडाउनका कारणले इन्धन, मलखाद र मजदूर नपाएका कारणले उत्पादन भएको बाली घर भित्र्याउन र लगाइएको बालीमा सिँचाइ गर्न समस्या भएको देवानगञ्ज गाउँपालिका– ७ का कृषक बलराम यादवले बताएका छन् ।
आफूले ६ बिघा जग्गामा मकै खेती गरेको र इन्धन नपाएका कारणले सिँचाइ नहुँदा खेतमै सुक्ने गरेको कृषक यादवको भनाइ छ । जिल्लामा अहिले मकै र मौसमी तरकारी खेतीलगायत खेतबारीमै सुकेको तथा गहुँलगायत उत्पादन भएको बाली भित्र्याउनका लागि मजदूर नपाउँदा आफूहरुलाई तनाव उत्पन्न भएको कृषक डुमरलाल मेहताले बताएका छन् ।
तेल पर्याप्त मात्रामा आएका बेला उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने गरेको सुनसरी आयल सप्लायर्सका सञ्चालक मनीष माणुले बताएका छन् । अहिले पर्याप्त मात्रामा तेल नआएका कारणले कृषकले माग गरेबमोजिमको नपाएको सप्लायर्सका सञ्चालक माडुको भनाइ छ ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले लकडाउनका बेला घरबाट बाहिर निस्कन नदिने गरेका कारण तेल लिनका लागि कसरी जाने र लगाइएको बालीमा कसरी सिँचाइ गर्ने भने चिन्ताले सताएको कृषक यादवको भनाइ छ । तेल तथा मलखाद लिनका लागि बाहिर निस्कँदा प्रहरीले ज्यादती गर्ने गरेको कृषकले गुनासो गरेका छन् ।
कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पहल भइरहेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । लकडाउनका बेला कृषकलाई सिँचाइ र बाली भित्र्याउन समस्या भएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख उराँवले जानकारी दिए । कृषकको समस्याका विषयमा आफूसमक्षसमेत गुनासो आएकाले समाधानका लागि पहल भइरहेको उनको भनाइ छ ।
सुनसरीमा उत्पादित सामग्री जिल्लामा मात्र नभई बाहिरसमेत जाने गरेको छ । यस वर्ष जिल्लामा कृषि उत्पादनमा कमी आउने उराँव ठोकुवा गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार