लकडाउनले निम्त्याएको सकस, कृषक मारमा लाखौको घाटा बेहोर्न बाध्य
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २३:११:०
२५ चैत, पाल्पा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको लकडाउनका कारण पशुपालक कृषक मारमा परेका छन् । लकडाउनका कारण जिल्लामा उत्पादन हुने दुग्धजन्य पदार्थ बिक्री भएको छैन भने पशुलाई खुवाउने दाना आयातमा समस्या भएको छ । पाल्पा जिल्लामा व्यवसायिक रुपमा पशुपालेका कृषकले दुहेको दुध पशुलाई नै खुवाउन बाध्य भएका छन् ।
रामपुर नगरपालिका— ८ मा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालक नरनारायण अर्यालले भैंसी दुहेर दुध भैंसीलाई नै खुवाउन बाध्य भएको गुनासो गरेका छन् । करिव १० महिनाअघि व्यवसाय थाल्नुभएका अर्यालको रिसर्च सेन्टरमा अहिले ५९ वटा भैंसी छन् । यसअघि दैनिक २ सय ४० लिटरसम्म दुध बिक्री गरेका अर्यालले अहिले दाना अभावमा दैनिक एक सय ९० लिटर दुध उत्पादन भएपनि बिक्री गर्न समस्या रहेको बताएका छन् ।
एक करोड ४० लाख मूल्य बराबरको आम्दानी गरेर भैंसी पालेका अर्यालले सञ्चालन गरेको डेरी समेत दिनभरि खोल्न नपाउँदा दुध बिक्रीका लागि समस्या परेको बताएका छन् । रामपुर नगरपालिका— ५ का जिवनाथ ढुङ्गानाको उन्नत गाई फर्ममा ठूलासाना गरी १० वटा गाई छन् ।
गाउँका अन्य कृषकबाट समेत दैनिक ५ सय लिटर दुध सङ्कलन गरेर आफ्नै डेरीबाट बिक्री गरेपनि अहिले रोकिएको उनको भनाइ छ । यसअघि नै दानाको जोहो गरिसकेकाले दानाभन्दा चोक्कर र बरानको अभाव भएको उनले बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिका डुम्रेमा रहेको सहकारीमा आवद्ध कृषकलाई पनि दाना अभावका कारण समस्या भएको छ । डुम्रे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा गाईपालक कृषक गोपाल जिसीले दाना अभाव भएर दुध उत्पादन घटेको तर बिक्रीका लागि भने समस्या नभएको बताएका छन् ।
२६ वटा गाई पाल्नुभएका कृषक जिसीले सहकारीमार्फत जम्मा भएका दुध पोखरा पुर्याउने व्यवस्था मिलाएको जानकारी दिएका छन् । सहकारीमा आवद्ध ५०० सदस्यमध्ये धेरै पशुपालनमा आवद्ध छन् । यसवाहेक निजी ढङ्गले पशुपाल्नेलाई दाना पाउनै गाह्रो छ । २०६८ सालमा फर्म दर्ता गरेर सञ्चालनमा ल्याएको सहकारीले जिल्ला तथा जिल्ला बाहिरसमेत दुध बिक्री गर्दै आएको छ ।
जिल्ला भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले जिल्लामा ३ सयको हाराहारीमा दुग्धजन्य पशुपालक कृषक रहेको बताउँदै यसअघि ८ हजार लिटर दुध उत्पादन हुने बताएका छन् । उनका अनुसार अहिले केही सहकारीमार्फत पशुपालक कृषकले कास्कीको पोखरामा दुध पठाउने गरेका छन् । दैनिक रुपमा करिव २९ सय लिटरसम्म दुध पोखरा जाने गरेकोमा अहिले दाना र सुख्खा घाँसको अभावमा उत्पादन घटेको छ ।
“अहिले जिल्लामा जम्मा ६ हजार लिटरको हाराहारीमा दुध उत्पादन हुन्छ, उत्पादन भएको दुध बिक्रीका लागि बजार नखुलेपछि कृषक मारमा परेका छन्”, केन्द्रका प्रमुख डाक्टर रानाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार