क्वारेन्टाइनका लागि होस्टल एसोसिएसनले एक हजार बेड उपलब्ध गराउने
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २३:५६:५२
१ वैशाख, काठमाडौं । नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाइन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ, “हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ । नेपाल सरकारलाई यसै सन्देशमार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।”
उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् ।आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’
एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरि संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए ।
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालका सञ्चालक समेत रहेका बरालले भने, “ होस्टलको संरचना क्वारेन्टाइनका लागी उपयुक्त हुन्छ । त्यसैले व्यवस्थापनमा पनि सहज हुन्छ भन्ने सोचेरै हामीले सरकारलाई सहयोग गर्ने सोच बनाएका हौँ ।” नेपालभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौँ उपत्यकाका अलावा मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागी बेड र भवन उपलब्ध गराउने भएको हो ।
एसोसिएसन जिल्ला समन्वय समितिका संयोजक सुनिल भेटवालका अनुसार एसोसिएसन अहिले नै एक हजार बेड उपलब्ध गराउन सक्षम छ । उनले भने, “यदि आवश्यक र्पयो भने थप सहयोग गर्न सक्छौँ ।” उनका अनुसार उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत यस्तो सहयोगको तत्परताबारे जानकारी गराई सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार