लकडाउनमा नियमित अनुमगन नहुँदा खाद्यान्नको मूल्य वृद्धि
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार २०:२९:९
◊ सञ्चिता घिमिरे
११ बैशाख काठमाडौं । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार-पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन-चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् । बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।
लकडाउन समयमा उपभोक्ता मूल्यमात्रै नभएर गुणस्तर र नापतौलमा ठगिएको उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुनसक्ने भएकाले सरकार चनाखो हुनुपर्ने उनले बताए । सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको पनि उनले बताए । कतिपय स्थानमा स्थानीयवासीले अन्यत्रका मानिस आउन नपाउँन् भनी बाँस राख्ने त कतै पुल रोक्ने काम गरेका छन् । उनले भने, “यसले गर्दा पनि खाद्यान्नको आयातमा नै समस्या आइरहेको छ ।”
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि सरकारले बजारको नियमित अनुमगन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गर्नुपर्ने भए पनि त्यो नभएको उनको भनाइ छ । सरकारकै एउटा मन्त्रालय र अर्को मन्त्रालय र तीन तहबीच आपसी समन्वयमा मात्रै बजार नियमित अनुगमन र गल्ती भएमा कारवाही हुनसक्ने उनले बताए । उनले भने, “अहिले पनि गृह मन्त्रालयले यी–यी गाडी चल्न पाउने भनी अनुमति दिएकामा स्थानीय सरकारले रोकेको पाइएको छ ।”
खाद्यान्नको पसल खुल्ने समय एउटै नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । एउटै पालिकाभित्र पनि कुनै वडाले बिहान ६ देखि ८ र अर्को वडाले ६ देखि ९ सम्म खोलेको पाइन्छ । कतिपय स्थानमा बिहान मात्रै बजार खोल्ने गरेको त कतिपय स्थानमा बिहान र बेलुका दुवै समयमा खोलेको पाइएको उनले बताए । बिहान एउटा समयमा र थोरै समयका लागि मात्रै पसल खोलिएका स्थानमा उपभोक्ताको भीडभाड बढी पाइएको उनले बताए ।
उपभोक्तालाई दुई घण्टा भित्रैमा दूध, तरकारी, दाल, चामल किन्नुपर्दा एकातिर भ्याइनभ्याइ हुने गरेको छ भने अर्कातिर बजारमा पनि भीडभाड भएको पाइन्छ । तरकारी र फलफूललगायत छिटो बिग्रने कुरा बेच्न नपाउँदा पसलमै बिग्रिएको व्यापारीले गुनासो गरेका छन् । बिहान साँझ नै तीन–तीन घण्टाका लागि बजार खोल्दा भीड कम हुने उनले बताए । उनले भने, “यसले गर्दा उपभोक्ता र व्यापारी दुवैका लागि सजिलो हुन्थ्यो ।”
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपकराज पोखरेलले खाद्यान्नको मूल्य केही बढे पनि तरकारी र फलफूलको मूल्य कम भइरहेको बताए । अहिले ढुवानीको खर्च बढेकाले दाल, चामल र तेलको मूल्य लकडाउन पहिलेभन्दा अहिले बढेको हुनसक्ने उनले बताए । अझै पनि व्यापारीले तेकिएको मूल्य सूचीभन्दा बढी नलिएको उनको भनाइ छ । पहिले तेल, चामललगायत खाद्यान्न मूल्य सूचीभन्दा कममा बिक्री गर्ने गरेकाले पनि उपभोक्तालाई मूल्य बढेको लाग्ने उनले बताए । उनले भने, “पहिले पहिले तेलको प्याकेटमै रु १८० लेखिएको भए पनि रु १४० मा दिने तर अहिले उद्योगबाटै बढेकाले रु १७० सम्म लिएको पाइएको छ ।”
विभागले दैनिक विभिन्न स्थानमा अनुगमन गरेर कुनै गल्ती पाइएमा कारवाही गरिरहेको निर्देशक पोखरेलले बताए । विभागले लकडाउनकै अवधिमा तोकिएभन्दा बढी मूल्यमा मासु बिक्री गरेको भन्दै पाँच मासु पसललाई कारवाही गरिएको छ । त्यस्तै, किराना पसलले पनि तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएका स्थानमा कारवाही भइरहेको उनले बताए । विभागले उपभोक्ताको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरेको छ । जसमा सबैभन्दा बढी राहतसम्बन्धी गुनासो आइरहेको छ । उनले भने, “त्यससँगै खाद्यान्नको पनि मूल्य पहिलेभन्दा बढेको गुनासो आइरहेको छ ।”
लकडाउनको एक महिना बित्दा बजारमा अहिले तरकारी र फलफूलको मूल्य भने ह्वात्तै घटेको छ । लकडाउनको एक साता पहिलेदेखि नै तरकारी र फलफूलको भाउ बढिरहेको थियो । लकडाउनको एक सातापछि बजारमा गोलभेडा प्रतिकिलो १३० सम्ममा बिक्री हुन थाल्यो । अहिले कागतीबाहेक अधिकांश तरकारीको मूल्य कम भएको छ ।
लकडाउनसँगै काठमाडौं उपत्यकाका काँठ क्षेत्र र उपत्यका नजिककै जिल्लाबाट तरकारी ढुवानी हुन नसक्दा उपत्यकामा भाउ बढेको थियो । अहिले किसानले खेतबारीमा उसै खेर जानुभन्दा सस्तो मूल्यमा बिक्री गरेको अध्यक्ष तिमल्सिनाले बताए । उनले भने, “अहिले गोलभेडा किलोको रु ३०-३५ छ भने अरु तरकारी पनि घटेको छ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार