असिनाका कारण ५३ लाखको अन्नबाली क्षति
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार २१:१२:१८
१७ वैशाख, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पु¥याएको थियो । असिनाले किसानको अन्नबाली, तरकारी र फलफूलमा क्षति पु¥याएपछि गाउँपालिकाले स्थलगतरूपमै गएर क्षतिको विवरण सङ्कलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ ।
असिनाका कारण धम्जामा रु २५ लाख ९३ हजार ४२० र भिमपोखरामा रु २७ लाख २४ हजार ९०० बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए । “हामीले स्थलगत रूपमा नै वडा कार्यालयको संयोजनमा क्षतिको विवरण सङ्कलन गरेका हौँ”, विश्वकर्माले भने, “गाउँपालिकाको फापर खेतको क्षतिको विवरण अउन बाँकी छ, क्षतिअनुसार गाउँपालिकाले किसानलाई राहत प्याकेज ल्याउनेछ ।”
गाउँपालिकाको धम्जा र भीमपोखरामा गहुँ, जौँ, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमी र मकैका बिरुवामा क्षति पु¥याएको थियो । गाउँपालिकाले तत्कालै असिनाले पु¥याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहतकोषबाट खाद्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, बीउजस्ता राहतका कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरणअनुसार नगद अनुदानसमेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाइ छ ।
सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नं ९, १० र ११ वडामा समेत ठूलो क्षति पु¥याएको छ । गलकोट नगरपालिकाले स्थलगतरूपमै पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिए । क्षति भएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहको काउचाको भनाइ छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पूरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताए । उनले तीन तहको सरकारले समस्यामा परेका कृषकलाई राहत ल्याउन मागसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार