भारतमा बिहानैदेखि मदिरा पसलमा एक किलोमिटरको लाइन !
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार २१:१७:४५
२२ बैशाख, एजेन्सी । विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागी भारतमा लकडाउन खुकुलो पारिएकाे छ । भारत सरकारले जारी लकडाउनलाई केही खुकुलाे पारेसँगै साेमबारदेखि मदिरा पसल खोल्न दिने निर्णयले मदिरा पसलमा मानिसको लामो लाइन लागेकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।
सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्था अमर उज्लेयालाले जनाएकाे छ ।
भारतले सोमबारदेखि मुलुकमा कोरोना भाइरस ‘कोभिड–१९’ को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ । एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।
दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ । दिल्लीका विभिन्न स्थानमा रहेका एक सय ५० मदिरा पसल सोमबारदेखि खुलेका हुन् । त्यस्तै कर्नाटक, छत्तिसगढलगायत विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार