सुरक्षा दिन सीमामा खटिएका सशस्त्र प्रहरी कुटिए
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ शुक्रबार २:३३:८
२५ बैशाख, बर्दिया । बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ ।
गुलरिया–१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए । उनीहरूले चौधरीको बर्दीको पोशाकसमेत च्यातिदिएका छन् । कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ ।
भारतबाट सामान खरीद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार