निजामती कर्मचारी अस्पतालको ओपीडी सेवा खुल्ला
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार १६:४३:२१
२७ वैशाख, काठमाडौं । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा नियमित गरिरहेको छ ।
लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ । स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालले जानकारी दिएका छन् ।
उनले अस्पतालमा आँखा र दाँतको उपचारबाहेक अस्पतालले दिने अन्य सबैखाले उपचार सेवा उपलब्ध गराइएको बताए । प्रशासकीय अधिकृत नेपालका अनुसार अहिले दैनिक २०० हाराहारी बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।
पहिला सामान्य अवस्थामा बढीमा एक हजार २०० बिरामी ओपिडी सेवामा हुन्थे । अस्पतालले लकडाउन जारी भएपछि शुरुमा बिनाटिकट बिरामीको उपचार गरेको थियो भने पछिल्लोपटक सेवा नियमित गरेपछि टिकट काटेर सेवा दिएको जनाएको छ ।
अस्पतालले कोभिड–१९ का बिरामीलाई लक्षित गरेर ‘फिवर क्लिनिक’ सञ्चालन गरिरहेको छ । कोभिडका शङ्कास्पद बिरामी देखिएको अवस्थामा अन्य कोभिड उपचार हुने अस्पतालमा सिफारिस गर्ने गरिएको अस्पतालले जनाएको छ । क्लिनिकमा धेरै सङ्ख्यामा बिरामी आएका छैनन् । अस्पतालले प्रसूति सेवा नियमित गरिरहेको छ । हाडजोर्नीलगायतको शल्यक्रिया पनि गरिँदै आएको प्रशासकीय अधिकृत नेपालले बताए ।
अस्पतालले स्वास्थ्य परीक्षण ‘होलबडी चेकअप’ को सेवा दिए पनि साधारण अवस्थाका बिरामीलाई सेवा दिएको छैन । त्यो भनेको सामान्य अवस्थामा व्यक्तिको इच्छाअनुरुपका स–साना परीक्षणलाई रोकिएको छ । चिकित्सकको सिफारिसअनुसारका मात्रै परीक्षण गरिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार