सुनसान बने इलामका पर्यटकीयस्थल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार १७:२३:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/Ilam_Surunga_hO6l0ym9tb.jpg)
२७ वैशाख, इलाम । वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड ।
इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरू सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको सङ्ख्या शून्य छ । पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा सबै होमस्टे र होटल सुनसान छन् ।
पर्यटकीय क्षेत्रहरू कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार कुइभिर ढाप पोखरीजस्ता क्षेत्र सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटक शून्यजस्तै भएका छन् । वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ व्यवसाय गर्ने व्यवसायीलाई हातमुख जोर्न समस्या पर्न थालेको छ ।
कन्यामका होटल सञ्चालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक महिनाभन्दा बढी भएको बताए । उनले भने, “कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् । फागुन सुरु भएपछि झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि आउनेको ताँती हुन्थ्यो । तर यसपालि सुनसान छ ।”
कन्याममा १०० व्यावसायिक ट्रली–ठेला सञ्चालनमा रहे पनि पर्यटकको चाप घटेपछि १५-२० मात्र सञ्चालनमा रहेको स्थानीय व्यवसायी गोपाल गिरीले जानकारी दिनुभयो । पर्यटक आउन छाडेपछि ठेला व्यवसायीले नगरपालिकालाई बुझाउनुपर्ने कर तिर्नसमेत समस्या पर्न थालेको व्यवसायी बताउँछन् । झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजाराैं पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको स्थानीय घरवास व्यवसायी रुद्र घिमिरेले जानकारी दिए ।
कन्याम, अन्तु, फिक्कल बजार, इलाम बजार, सन्दकपुरजस्ता पर्यटकीय क्षेत्रका होटलसमेत धरासयी बन्ने अवस्थामा पुगेको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो । पर्यटक नआएका कारण धार्मिकस्थलसमेत यतिबेला सुनसान छन् ।
कोरोनाका कारण बन्दाबन्दी भएदेखि पर्यटक आउनै छाडेको इलामको प्रसिद्ध धार्मिकस्थल माइपोखरीका पुजारी तुलाराम पौडेलको भनाइ छ । गत वर्ष इलाममा झण्डै एक लाख पर्यटक इलाम घुम्न आएको भए पनि यस वर्ष भने सो सङ्ख्यामा ह्रास आउने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर नयाँ पर्यटकीय गन्तव्य बन्दै
असार २४, २०८१ सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
असार २४, २०८१ सोमबार
चितवनको दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
असार २३, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार