कोरोना महामारीमा सहारा नेपालको मानवीय सहयोग
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १७:३८:३८
२८ वैशाख, काठमाडौं । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीले अहिले उग्र रुप देखाईरहेको छ । विश्वका अधिकांश देशहरुमा यसको असर कहालिलाग्दो अवस्थामा फैलिरहेको छ । सिंगो मानव समुदायलाई त्राहित्राही पारिरहेको महामारीले विश्वका अधिकांश देशहरु अहिले पनि लकडाउनको अवस्था झेलिरहेका छन् ।
जीवन रक्षाको झिनो अभिलाशाका कारण विश्वका तमाम जनताहरु घर भित्रै बन्दी जीवन बाँच्न बाध्य छन् । हुनेखाने सम्पन्न परिवारका लागि खासै असर र अप्ठ्यारो अवस्थाको सृजना नभए पनि हुँदा खाने श्रमजिवी बर्गका लागि भने यो लकडाउन मृत्युको मुखका अगाडि उभिएको निरिह प्राणी भएको छ ।
अप्ठ्यारोमा सहयोग गर्ने नेपालीको परम्परादेखि नै चलिआएको मानवीय गुण हो । कसैलाई समस्या पर्दा आफुले सकेको सहयोग गर्दै सहयोगी हातहरु अगाडि बढाउने क्रम अहिले पनि जारी छन् । महिनौसम्मको बन्दाबन्दीका कारण देशमा खाद्य संकट चुलिंदो अवस्थामा रहेको छ । श्रमजिवी बर्ग महिनौसम्मको काम बन्दीका कारण समस्यामा परेका छन् ।
यही समस्यालाई केही हदसम्म भए पनि सहयोग पुर्याउन अहिले पनि देश बिदेशमा रहेका नेपालीहरुले यस महामारीमा रहेका नेपालीहरुका लागि आर्थिक श्रोत जुटाउँदै गरीवको घरमा चुल्हो बाल्ने काम गरिरहेका छन् । कसैले सरकारको राहत कोष मार्फत त कसैले कुनै संघसंस्था मार्फत अनि कसैले प्रत्यक्ष नागरिकलाई नै राहत रकम तथा राहत सामाग्री उपलब्ध गराउदै सहयोग गरिरहेका छन् । सिंगो सरकार पनि नागरिकलाई राहत बाँडन लागि परेको छ ।
राहत त्यस्तो चिज हो जसले मानिसहरु आप्mना बालबच्चाहरुको प्राण धान्छन् । बृद्धबृद्धाहरुको मुखमा माँढ हाल्छन् । राहतले मानिसले बाँच्न पाउने, बाँच्नका लागि खान पाउने अधिकारको सुनिश्चितता पुरा गर्दछ । राहतले कसैले पनि छोराछोरीको विवाह, ब्रतबन्ध, पास्नी र भोज भतेर गर्दैनन् गरिदैंनन् । यसै कुरालाई सहयोग गर्न पुर्बी नेपालमा रहेको सहारा नेपाल नामक एक संस्थाले पनि राहतका लागि आप्mना हातहरु फराकिलो बनाउँदै लगिरहेको छ ।
झापा जिल्लामा केन्द्रिय कार्यालय रहेर प्रदेश एकका प्रायः सबै जिल्लाहरुमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जिउँदो संस्थाका रुपमा चिनिएको सहारा नेपालले प्रदेश एकका बिभिन्न जिल्लाहरुमा राहत रकम नगदैं सहयोग गर्नुका साथै मजदुरी, गिट्टी, बालुवामा काम गर्ने, मजदुरी गुमेर खाद्यान्न संकट झेलिरहेका चुल्हामा आगो बाल्न छोडिसकेका ब्यक्तिहरुका लागि जिन्सी तथा खाद्यान्न राहत बितरण समेत गरिरहेको छ ।
संस्थाले उपलब्ध गराएको जानकारी अनुसार हालसम्म यस संस्थाले प्रदेश नं. १ का ६ जिल्लाका ७० स्थानीय तहलाई रु. २९,४०,९४०।– नगदै उपलब्ध गराएको छ भने प्रधानमन्त्रि राहत कोषमा एकमुष्ठ रु. ५,००,०००।–उपलब्ध गराएर मानवीय सहायताको उच्च भावना दर्शाएको छ ।
प्रदेश नं. १ सरकारको राहत संकलन कोषमा समेत १,५१,०००।– सहयोग गर्न सफल सहारा नेपालले प्रदेश सरकारलाई आईसोलेसन तथा क्वारेन्टाईनका लागि समेत थप ३,३५,९७४।–रकम उपलब्ध गराएको छ । त्यसैगरी सहारा नेपाल संस्थाले आप्mनो कार्य क्षेत्र भित्र रहेका बिभिन्न क्वारेन्टाईनहरुको लागि समेत थप २,०७,०७९।– उपलब्ध गराएको छ ।
भुटानबाट शरणार्थिको रुपमा झापाको दमकमा बसोबास गरिरहेका १००० (एक हजार) परिवारलाई रु.५,६५,००७।– रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको छ । कोरोना भाईरस बिरुद्धमा काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुका लागि आवश्यक पी.पी.ई., कोरोना टेष्ट किटका साथै साईकलसमेत उपलब्ध गराई उच्चतम मानवीय सहयोगको उदाहरण प्रस्तुत गरिरहेको छ ।
यसका लागि संस्थाले रु. ८,००,०००।– उपलब्ध गराएको छ । जनतामा यसरी भिजेर काम गर्न सक्ने संस्था भएकै कारण बिगत बर्षहरु देखिनै सहारा नेपालप्रति नागरिकको सकारात्मक भावनामा बढोत्तरी भैरहेको छ । यसले संस्थालाई थप मानवीय सेवाका काममा लाग्न अभिप्रेरित पनि गरिरहेको छ ।
संस्थाको काम मुनाफा कमाउने र आफ्ना कर्मचारीहरु पाल्ने मात्रै हो भन्ने सोच बाँकी रहेको हाम्रो समाजमा सहारा नेपाल तथा सहारा नेपाल साकोसको यस्तो मानवीय सहयोगले आम नेपालीका हर्षले आँखा रसाएका छन् । त्यही भएर संस्थालाई सहयोग गर्ने हातहरुले अहिले सहयोग बर्साइ रहेको छन् ।
संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीको मानवीय सोचलाई अहिले झापा, मोरंग, सुनसरीमा मात्र हैन देश बिदेशबाटसमेत सहयोग प्राप्त हुने क्रम बढदो छ । भोकमरीबाट कोहि पनि नागरिक अकालमै मर्नु हुदैन र यसका लागि सरकारको मुख ताक्नु पनि पर्दैन भन्ने सोचलाई अगाडि बढाउँदै सहारा नेपालले अगाडि बढाएको “एकका लागि एक” अभियानले अहिले ब्यापकता पाउँदै गैरहेको छ ।
हुने खाने एक घर परिवारले या एक ब्यक्तिले खाद्यान्नको चरम अभाव झेलिरहेको गरिब नेपाली एक घर परिवारलाई रु.२०००।– सम्मको खाद्यान्न सहयोग कार्यक्रम परिक्षणको रुपमा पहिलो चरणमा १००० परिवारका लागि राहत बितरण गरिसकेको छ ।
भोकमरीको चरम समस्या परिरहेको स्थानमा स्थानीय सरकारको अनुरोधमा एकद्वार प्रणाली अन्तर्गत बितरण गरिएको उक्त राहत कार्यक्रममा संस्थाले पहिलो चरणमा कम्तिमा एक महिना पुग्ने गरी चामल २५ के.जी., खानेतल १ लिटर, नुन २ के.जी., दाल २ के.जी., लुगाधुने तथा नुहाउने साबुन सहितको रु. २०००।– बराबरको राहत सामाग्री बितरण गरिसकेको कुरा संस्थाका उप कार्यकारी निर्देशक लक्ष्मण खतिवडा बताउछन् ।
संस्थालाई विश्वास गरेर देश बिदेशबाट सहयोगी हातहरुको बढदो क्रम रहेकोले आगामी दिनमासमेत संस्थाले राहत बितरण कार्यलाई निरन्तर आप्mनो नियमित कार्यक्रम भित्र राख्न सफल हुनेमा संस्था दृढ बिश्वासमा रहेको कुरा उपनिर्देशक खतिवडाले बताए । मानवीय सहयोगमा अग्रस्थानमा रहेर काम गरिरहेको यस संस्थालाई हाम्रो पनि साधुबाद छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार