कुलतको बाटो
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १८:४५:४५
२८ वैशाख, भक्तपुर । ए बाबू उठ, खाना खाने बेला भैसक्यो । आमाको कुरा सुनेर म झसँग भए – कासम आमालाई, ‘सुत्दै नसुती कसरी उठुम आमाʼ भनेर भन्न सक्थे ।
हस ! आमा भनेर म भान्सा तिर लागें । आमाले भन्नूभयो, ‘मेरो बाबूलाई कती मीठो निन्द्रा लाग्न थालेको अचेल ?ʼ म भने चुप लागेर बसिरहें । भन्न त मन थियो नी, ‘आमा हजुरको बाबूको निन्द्रा त उडेर डाडै काटीसक्यो’ भनेर तर भन्न सक्दिन थिएँ ।
फेरि आफ्नो कोठामा गएँ । भित्तामा टाँगीएको बुबाको फोटो हेरें । आँखाबाट अश्रुधारा बग्न थाले । माफ गर्नुस बुबा, हजुरले जस्तोछोराको छबिको चित्रण गर्नुभएको थियो त्यस्तो छोरा बन्न सकिन म ।
बाबूआमाको एकमात्र छोरा म । उहाँहरुको बुढेस्कालको सहारा बन्नपर्ने छोरा बेलामा नै कुलतमा फस्यो । उबेला कुलतमा फसेको म – अहिले कुलतले मलाई फसाउँदै छ ।
बुबाले संसार छोड्नु भएको १० वर्ष भैसकेछ। त्यो बेला देखी आमा र म मात्र घरमा । आमाले मबाट धेरै अपेक्ष्या राख्नू भएको छ । र नराख्नू पनि कसरी उहाँको म मात्र जो थिए यो संसारमा ।
अहिले निकै पछुतो हुन्छ तर अहिले पछुतो भएर केहि गर्न नसकिने रहछ । आमालाई पनि मेरो कुलतको बारेमा थाहा छ तर आमाको माया न हो केही पनि भन्नूहन्न ।
मेरो कुलत छुटाउन नै आमाले विदेश जान भन्नुभयो ।आमालाई छोडर जान त मन थिएन तर नाई भन्न सकिन । खाडी तिर लागे म पनि । खाडीमा दिनरात काम गर्नु पर्ने रहेछ । गाँजा र लागुऔषध खान नपाउँदा म दिनदिनै कमजोर हुँदै थिएँ । कमजोर भए पनि मेरो बानी सुध्रीदै थियो ।
आमाको हरेक सपना पुरा गर्न सक्छू भन्ने कुरामा विश्वास लाग्न थाल्यो । उता गाउँमा कमाको पैसाले जग्गा किनिसकेको थिए र छिट्टै उता गएर घर बनाउने योजना थियो । उता आमा मेरो प्रगती देखेर खुसी हुनुन्थयो र येता म दंग ।
एकदिन म काम गर्दै गर्दा गाउँबाट फोन आयो । पल्लाघरे दाइ हुनुहूँदो रहेछ । अली कुरा नखुलाए जसरी बोल्नुभयो । मलाई केही गम्भीर कुरा छ जस्तो लाग्यो । मैले कुरा बुझ्न खोजेँ तर उहाँले कुरा राम्रोसँग खुलाउनु भएन । मलाई चिन्ता लाग्न थाल्यो । कुरै कुरामा उहाँले बाबू अब नेपाल आऊ भनेर भन्नुभयो । मलाई पनि नेपाल जान, आमालाई भेट्न सार्है मन थियो त्यसैले दाइको कुरा टार्न सकिन । दाइलाई म नेपाल अबको फ्लाइटमा नै आउँछू भनेर भने । दाइले हुन्छ भनेर फोन राख्नुभयो ।
फ्लाइट बुझ्दा अबको ३ घन्टामा रहेछ । हतारमा लुगा प्याक गरेँ अनी तयार भएँ । आमालाई फोन गर्दा जहिले पनि , ‘बाबू तैले फोन गरेको थाह नै पाउदिन, मोबाइल थोत्रो भएछ भन्नूहुन्थ्यो।’ आमाको त्यही शब्दहरु सम्झेँ अनी आमाको लागि एउटा राम्रो मोबाइल किनेँ ।
प्लेनमा चडेँ। बिगतको कुरा सम्झिन थालें । ओहो ! हाम्रो त्यो खरको घरलाई अब सिमेन्टको घरमा परिणत गर्ने बेला आइसकेछ । गाँजाको लतमा लडिरहेको त्यो छोरोले आज एती गरेको देख्दा त मेरी आमा कति खुसी हुनुहुन्छ होला है। पहिले आमाको आँखामा जहिले आँसू देख्ने अब अहिले त मेरी आमा मबाट निकै खुसी हुनुहुन्छ होला । पहिला बुबाको फोटो हेरेर रुने र लाजले शिर झुकाउने छोरो अब त शिर उचालेर बूबालाई हेर्न सक्ने भैसकेछ। ओहो ! बिगत सम्झिदैमा यती डुबेछू की काठमान्डौं आइपुगेको भनक नै पाईन छु ।
एअरपोर्टबाट सिधै कोटश्वोर गएँ र आमाको लागि एउटा रातो पछ्यौरि किने । आमालाई रातो रँग निकै प्रिय थियो । त्यस्पछि लागें म मेरो गाऊँ । मेरो गाऊँ पुग्न कोटश्वोरबाट ३ घण्टा लग्थ्यो । ३ घण्टा पछी म घरमा पुग्दा मेरो घरमा निकै भिड़ थियो ।
घरको पेटीमा आमाको फोटोमा माला चडाईदिएको देखें । त्यो दृश्यले म झसँग भएँ । पल्लाघरे दाइ पनि तेहीँ हुनुहुन्थ्यो । उहाँले आएर मलाई भन्नुभयो । उहाँको कुराले म झसँग भए । उहाँले मेरी आमाको भिरबाट लडेर मृत्यू भएको खबर दिनूभयो । उहाँको कुरा सुनेर म छाँगाबाट खसे झै भएँ । आमाको शरीर भएको तिर गए । मेरी आमालाई मैले अन्तिम चोटी हेरें।
त्यस्पछि आमाको दाहसंस्कार गर्न उहाँको शरीरलाई लगियो । आमाको मात्र दाहसंस्कार होइन, त्यहा त मेरो सपनाहरुको पनि दाहसंस्कार हुँदै थियो । आमाको काम सक्किएपछी उहाँलाई ल्याईदिएको मोबाइललाई उहाँको फोटो अगाडी राखिदिएँ अनी भने ,’आमा हजुरको लागी बोलेको बुझिने फोन ल्याईदिएको थिए तर हजुर त अब नजिकै आएर बोलाउदा पनि नसुनीनेगरि टाढा हुनुभएछ, आमा’।
मैले ल्याईदिएको रातो पछ्यौरी आफ्नै हातले हजुरलाई ओढाउन नपाए पनि हजुरको फोटोमा राखिदिएको छू है आमा भनेर रुन थालें । यति भैसकेपछि आफू जिउनुको कुनै औचित्य नै छैन जस्तो लाग्यो । जती कोशिस गर्दा पनि आफूलाई सम्हाल्न सकिनँ ।
आमाको निधन पछि मेरो एउटै सहारा भयो – त्यही गाँजा, लागूऔषध र कुलतको बाटो ।
आस्था अधिकारी
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय, सल्लाघारि, भक्तपुर।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार