फ्रन्टलाइनमा काम गर्ने स्याङ्जाका सुरक्षाकर्मी र कर्मचारी नै कोरोनाले त्रसित
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १६:२२:३८
२ जेठ, स्याङ्जा । नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि स्याङ्जा जिल्ला पनि सशंकित बन्न थालेको छ । छिमेकी प्रदेश नम्वर ५ मा कोरोना संक्रमितको संख्या बढेसँगै सीमानाको फिल्डमा बसेर काम गर्ने कर्मचारीहरुले जोखिम हुन थालेको गुनासो गर्न थालेका छन् ।
स्याङ्जा ५ नम्बर प्रदेशको सीमानामा पर्ने जिल्ला हो । गल्याङ नगरपालिकाको राम्दी गण्डकी प्रदेश र ५ नम्बर प्रदेशको सीमाना रहेको छ । भारतबाट सुनौली बोर्डर छिरेपछि भैरहवा हुँदै गण्डकी प्रदेशमा आउने छोटो दुरीको बाटो स्याङ्जा पर्ने भएकाले अहिले स्याङ्जा पनि उच्च जोखिममा पर्न सक्ने आंकलन गरिएको छ । जिल्लालाई कोरोना मुक्त बनाउने अभियान अनुसार जिल्ला विपद व्यवस्थापन समितिले स्याङ्जा प्रवेश गर्ने दुई नाका राम्दी र कुभिन्डेमा सुरक्षा निकायसँगै स्वास्थ्यकर्मीको टोलीनै लकडाउन भएदेखि खटाएको छ । दुवै नाकाबाट जिल्ला प्रवेश गर्ने नागरिक होस वा यात्रुवाहक सवारी साधन होस सबैको स्वास्थ्य अवस्था बुझेर मात्रै जिल्ला प्रवेश गर्न पाईन्छ ।
तर दुवै नाकामा बसेका सुरक्षा निकाय, स्वास्थ्यकर्मीले भने असुरक्षा महशुस गर्न थालेका छन् । सबैभन्दा जोखिममा रहेको राम्दी नाकाबाट भित्रने नागरिक वा यात्रुवाहक सवारी साधनको चेकजाँचमा सुरक्षित स्वास्थ्य सामाग्री नहुँदा कोरोना जोखिम हुनसक्ने कर्मचारीहरु बताउछन् । ज्वरो नापेर मात्रै नागरिक पठाउँदा कुन व्यक्ति कोरोना संक्रमित हो वा कुन होइन भन्ने छुट्टाउन अफठ्यारो भएको राम्दी स्वास्थ्य चेक हेल्थ प्रमुख बिष्णुमाया बस्याल बताउँछिन । सामान्यतया कोरोना भाइरसबाट जोगिन लगाउने पीपीई नै एकसेट मात्रै पाईएको छ, बस्यालले भनिन्,“बेलुका धुने अनि बिहान सोही पीपीई लगाएर काम गर्नुपर्ने अवस्था छ ।” भारत लगायत ५ नम्बर प्रदेशबाट नागरिक प्रवेश गर्ने नाकामा अत्याधुनिक स्वास्थ्य सामाग्री हुनुपर्ने बस्यालको भनाई छ ।
५ नम्वर प्रदेशका विभिन्न जिल्लामा संक्रमितको संख्या देखिन थालेपछि प्रमुख नाका राम्दीमा कडाई हुन थालेको छ । खाद्यन्न लगायत निर्माण सामाग्री आयत गर्ने प्रदेशका रुपमा रहेको ५ नम्बर प्रदेश स्याङ्जामा कोरोना भाईरस भित्रन सक्ने प्रमुख आधार मानिएको छ । रुपन्देहीबाट स्याङ्जा लगायत पोखरा भित्रने मालवाहक सवारी साधनलाई राम्दीमा स्यानीटाईजर गरेर पठाउने गरिएको छ । सवारी साधनलाई तीनै निकायका सुरक्षाकर्मीले पालै पालो सेनीटाईजर गरेर पठाउने व्यवस्था मिलाईएको छ । जसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी छन् । सेनीटाईजर गर्ने सामाग्री पनि सुरिक्षत र नजिकबाट गर्नुपर्ने समस्या रहेको सुरक्षा निकायका कर्मचारीहरु बताउछन् ।
क्वारेन्टाईनमा बसेकाहरुको स्वाव र रगत टेष्ट गर्नका लागि पनि प्रयाप्त पीपीई नहुदा स्वास्थ्यकर्मीलाई समेत कोरोना जोखिम हुन सक्ने बताईएको छ । सुरक्षित पीपीई नहुदा प्लाष्टिकको पीपीईबाट उनीहरुको स्वाव वा रगत लिन स्वास्थ्यकर्मी बाध्य हुने छन् । सबैभन्दा बढी लकडाउनको समयमा सडकदेखि ग्रामिण क्षेत्रमा खटिने नेपाल प्रहरीलाई नै सुरक्षित सामाग्री नभएको गुनासो आउन थालेको छ । तर जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख बिमलराज कणेलले भने सबै सुरक्षाकर्मीहरुलाई सुरक्षित भएर सेवा दिन सुझाएको बताए । प्रर्याप्त मात्रमा कोरोना संक्रमिसँग जोगिन सक्ने खालका सामाग्री कमै छ, प्रहरी प्रमुख कणेलले भने,“यस विषयमा सर्वपक्षिय बैठकमा आफुले कुरा राखेको छु ।” यो संक्रमणमा सबैभन्दा फ्रन्टलाईनमा बसेर सेवा प्रवाह गर्ने प्रहरी लगायत सबै कर्मचारी सुरक्षित हुनु आवश्यक छ, उनले भने ।
कोरोना संक्रमणका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रशासन, पत्रकार र जनप्रतिनिधि नै फ्रन्टलाईनमा बसेर काम गर्नुपर्ने अवस्था देखिएको छ । उनीहरुलाई नै सुरक्षित सामाग्री नहुँदा कोरोनाको जोखिम मोल्न बाध्य भएका छन् । कर्मचारीको गुनासोलाई छिट्टै सम्वोधन गर्नेे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । आवश्यकतालाई मध्यनजर गरेर प्रदेश सरकार, संघिय सरकारसँग समन्वय भईरहेको प्रजिअ कुरुम्बाङ्ले जानकारी दिए । जिल्लालाई कोरोना मुक्त बनाउन यहाँका जनप्रतिनिधि तथा सबै कर्मचारीहरुले आ—आफ्नो भुमिका खेलेको दावी उनको छ । स्याङ्जामा पीसीआर र आरडीटीमार्फत गरिएको कोरोना परिक्षण अहिलेसम्म नेगेटिभ देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार