वक्तव्यमा सीमित मदन-आश्रित स्मरण दिवस
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार १८:३०:५२
३ जेठ, काठमाडौं । आज जेठ ३ गते । नेपालको आधुनिक राजनीतिक इतिहासमा यस दिनलाई महत्वपूर्ण मानिन्छ । तत्कालिन नेकपा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मरण दिवस हो जेठ ३ गते । आजभन्दा २७ वर्षअघि अर्थात, २०५० जेठ ३ गते महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित सवार जीप दुर्घटनामा परी मृत्युवरण भएकाे थियो ।
यतिबेला देशको कार्यकारी प्रमुखमा ओली आसिन छन् भने राष्ट्र प्रमुखमा मदनकी विधवा विद्यादेवी भण्डारी बिराजमान छिन् । नेताहरुको मृत्युको कारण वा रहष्य खोल्न उनीहरुलाई कसैले रोक्न सक्दैन । अहिले चाहने हो भने यथार्थ कुरा बाहिर ल्याउन कुनै समस्या छैन । तर यसका लागि सिंगो पार्टीले रुचि देखाएको छैन ।
उक्त घटनालाई तत्कालिन एमालेले षडयन्त्र भनेको थियो । देशी विदेशी शक्तिले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको हत्या गरको भन्दै आन्दोलनको ज्वारभाटा नै खडा गरेको थियो । त्यही निहुँमा देशभरि हिंस्रक आन्दोलन गरियो । धेरै सार्वजनिक सम्पति ध्वस्त पारिए । पार्टीले नेता केपी ओलीको नेतृत्वमा छानविन आयोग नै बनायो । महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको मृत्युपछि शोकलाई शक्तिमा बदल्ने नाराका रुपमा स्थापित गरियो । त्यसपछि एमाले पटक–पटक सत्तामा पुग्यो । कहिले अल्पमतको त कहिले गठबन्धनको सरकारमा पार्टीका नेताहरु सत्तासिन भए । तर दासढुँगा प्रकरणको गुत्थी कहिल्यै खोलिएन ।
जीवराज पत्नी माया ज्ञवाली लामो समय विरक्तिएर बस्नुप¥यो । मदन पत्नी विद्या पटक पटक राजकीय पदमा आसिन रहँदा जीवराज पत्नी माया भने गुमनाम रहनु प¥यो । कारण मायाले यो प्रकरण सार्वजनिक गर्न धेरै आवाज उठाइन् । पार्टीले बाध्य भएर गएको चुनावमा माया ज्ञवालीलाई समानुपातिक उम्मेदवारमार्फत संसद्मा लगेको छ । तर दासढुँगा प्रकरणबारे कुनै छानविन गर्न रुचि देखाएको छैन ।
पार्टीका तर्फबाट गठित छानविन समितिका संयोजक रहेका वर्तमान प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझाएनन् । उक्त घटना पार्टीले भने जस्तै षडयन्त्रमूलक हत्या थियो वा सामान्य दुर्घटना अहिलेसम्म रहष्यको विषय रहेको छ । यतिबेला देशको कार्यकारी प्रमुखमा ओली आसिन छन् भने राष्ट्र प्रमुखमा मदनकी विधवा विद्यादेवी भण्डारी बिराजमान छिन् । नेताहरुको मृत्युको कारण वा रहष्य खोल्न उनीहरुलाई कसैले रोक्न सक्दैन । अहिले चाहने हो भने यथार्थ कुरा बाहिर ल्याउन कुनै समस्या छैन । तर यसका लागि सिंगो पार्टीले रुचि देखाएको छैन ।
मदनसँगै मारिएका जीवराजका सन्तान अहिले पनि दुखी छन् । उनीहरु यो प्रकरणको निष्पक्ष छानविन होस् भन्ने याचना गरिरहेका छन् । जीवराज पत्नी माया ज्ञवाली लामो समय विरक्तिएर बस्नुप¥यो । मदन पत्नी विद्या पटक पटक राजकीय पदमा आसिन रहँदा जीवराज पत्नी माया भने गुमनाम रहनु प¥यो । कारण मायाले यो प्रकरण सार्वजनिक गर्न धेरै आवाज उठाइन् । पार्टीले बाध्य भएर गएको चुनावमा माया ज्ञवालीलाई समानुपातिक उम्मेदवारमार्फत संसद्मा लगेको छ । तर दासढुँगा प्रकरणबारे कुनै छानविन गर्न रुचि देखाएको छैन ।
हरेक वर्ष पार्टी र नेताहरुले जेठ ३ गते एउटा वक्तब्य र विचार गोष्ठी राख्ने गरेको छ । त्यसैको निरन्तरता स्वरुप आज नेकपाका तर्फबाट ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पेजको बक्तब्य जारी गरे । मदन आश्रितको योगदानको चर्चा गरे । लकडाउनको अवस्था भएकाले विचार गोष्ठीको झण्झट बेसाउनु परेन । सबैलाई हाई सञ्चो । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार