मर्स्याङ्दी सहकारीमा लाखौ रकम हिनामिना, अध्यक्ष र कर्मचारीको मिलेमतो
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार ०:५९:४५
४ जेठ, लमजुङ । पछिल्लो समय वित्तीय संस्था मध्ये आम जनसमुदायले झट्टै बिश्वासिलो माध्यमका रुपमा लिन नसकेको संस्था हो सहकारी संस्था । शहरमा गल्ली पिच्छे खुल्दै बन्द हुँदै गरेका त्यस्ता प्रवुतिका सहकारी यतिबेला गाउँका टोलटोलमा पनि खुलेको छन् । गाउँमा स्थानीयहरुले नै खोलेका हुनाले त्यस्ता सहकारीले सुरुमा केहि विश्वास दिलाउन सकेपनि बिस्तारै विश्वसनियतालाई कायम राख्न नसकेको देख्न सकिन्छ ।
त्यस्तै लमजुङ जिल्ला राईनास नगरपालिकामा पनि त्यस्ता धेरै सहकारी मध्ये विश्वासिलो सहकारीको रुपमा परिचित मर्स्याङ्दी बचत तथा ऋण सहकारी संस्थाले जनताको पसिनाले आर्जेको रकम हिनामिना गरेको सेवाग्राहीले आरोप लगाएका छन् । पहिले स्थानीयको गुठीको रुपमा रहेको यो संस्था दशक बढि समयबाट सहकारीको रुपमा संचालन हुदै आएको थियो ।
आर्थिक हिनामिनाको लागि लमजुङका धेरै सहकारीको अडिट गर्दै आएका अडिटर क्षेत्रनाथ थपलियाको मिलिमतोमा केही बर्ष अगाडि देखि नै सहकारीको पैसा अपचलन भएको सदस्यहरुको आरोप छ । यो बिषयमा थपलियाले भने अघिल्ला बर्षमा सबै सामान्य तर यो बर्ष भने हिसाबकिताबमा हिसाब बढि तर खातामा पैसा नदेखिएपछि कतै लगानी छुटेको छ कि भनेर हिसाबकिताब गर्नका लागि समितिलाई समय दिएको जानकारी दिए ।
स्थानीय तथा सरोकारवालाहरुले अघिल्ला बर्षमा कोषाध्यक्ष रहेका लक्ष्मीप्रसाद चिलुवाल र कर्मचारी एलिना चिलुवालको मिलिमतोमा धेरै पैसा हिनामिना गरेको आरोप लगाएका थिए । यो बिषयमा लक्ष्मी चिलुवालसँग हामीले प्रश्न गर्दा यतिबेला आफु कोषाध्यक्ष नभई आफ्नी श्रीमति कोषाध्यक्ष भएको जानकारी दिदै आफैले बिगत ३ बर्षदेखि सहकारी राखेको आफ्नो घरको भाडा समेत नपाएको जानकारी दिए । उनका अनुसार सबै हिसाबकिताब गर्दा २ लाख आफुले तिर्नुपर्ने देखिएपछि सावाव्याज लिन आग्रह गर्दा अध्यक्ष बाधक बनेपछि यो कर्तुत बाहिर निस्केको हो । अध्यक्ष लक्ष्मण चिलुवालको हेलचक्रयाईले गर्दा कर्मचारी एलिनाले सहकारीको धेरै रकम हिनामिना गरेको पनि उनले खुलाए ।
रकम अपचलन भएको भन्दै हिसाब पारदर्शी गर्न शेयरहेल्डर र सेवाग्राहीले दवाव दिएपछि स्थानीय केही युवाको सहयोगमा आन्तरिक अडिट शुरु भएको छ । यस बिषयमा अध्यक्ष लक्ष्मण चिलुवालले संस्थामा आर्थिक हिनामिना भएको स्वीकार गरेका छन । उनले लेखा परीक्षणको समयमा आफुले २९ लाखको हिसाब नभेटेपछि अरु हिसाबकिताब प्रबन्धकसँग मागेको बताए । अघिल्ला बर्षहरु देखिनै हिसाबकिताब नमिले पनि अडिटर र कोषाध्यक्षको मिलिमतोमा पैसा अपचलन हुदै आएको समेत उनले आरोप लगाए ।
यतिबेला मर्स्याङ्दी सहकारी बचत तथा ऋण संस्थाका अध्यक्षकै नेतृत्वमा कागजपत्र आन्तरिक शिल गरि हिसाबकिताब खोज्ने काम भईरहेको छ । नेपाल बचत तथ ऋण सहकारी संघ (नेफस्कुन) मा समेत आबद्ध रहेको यो सहकारीले गरेको यस्तो अपारदर्शी तथा जनतालाई आर्थिक असुरक्षाको अनुभुति भईरहँदा सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार