लायन्स क्लब इन्टरनेशनल ३२५ ए २ को गभर्नरमा डा. शुशिला मल्ल निर्वाचित
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार १९:५८:९
१० जेठ, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ को बैठक जुममार्फत बसिरहेको छ । लायन्सको आठौं वार्षिक अधिवेशनले आज नै आगामी नेतृत्वको लागि चुनाव गरेकाे छ । काेराेना कहरकाबीच बैठक डिस्ट्रिक गभर्नर शोभा जोशीले संचालन गरिरहेकी छिन् । बैठकमा लायन्सका ५०० जनाभन्दा धेरै सदस्यहरु जोडिएका छन् ।
बिहान ९ः३० बाट सुरु भएको बैठकबाट नै भोटिङसम्मको प्रक्रिय पुरा गरेर दिउँसो ३ बजेसम्ममा बैठक सम्पन्न हुने जनाइएकाे छ । बैठक सौहार्दपूर्ण तरिकाले चलिरहेको छ । यस बैठकले आगामी वर्ष २०२०/२१ को लागि तीनजना डिष्ट्रिक गभर्नरको चुनाव गर्ने भएको छ । उम्मेद्वार धेरै नभएपनि लायन्सको विधान अनुसार हुन्छ (एस) वा हुन्न (नो) भन्ने मत अनिर्वाय गर्नुपर्ने छ ।
डिजिटल प्रणालीबाट हुने भोटमा २०२०/२१ को लागि लायन डा. शुशिला मल्ल गभर्नरको लागि, फर्स्ट भीडीजी लायन डिष्ट्रिक गभर्नरका लागि डा.केशव पाण्डे र सेकेन्ड भीडीजी लायन डिष्ट्रिक गभर्नरका लागि लायन दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै मनोनित तर्फ डिष्ट्रिक सचिवमा लायन उत्तम झा, डिष्ट्रिक कोषध्यक्षमा लायन कमल कायस्थ र प्रमुख सल्लाहकारमा शिव कटुवाल मनोनित भएका छन् । चुनाव निर्विरोध भएको लायन्स क्लब काठमाडौं युनिकका सचिव लायन्स गणेश केसीले नेपालबहस डटकमलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार