अब पनि लकडाउन नै ?
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १९:५६:३२
सम्पादकीय
जेठ २० पछि पनि यस्तै लकडाउन भैरहला त ? धेरैको जिज्ञाशा छ । नेपाली जनताले करिब अढाई महिनाको लकडाउन झेलिसके । यस अवधिमा नागरिक तहबाट लकडाउनको पालना इमान्दारीपूर्वक भएको छ । नागरिक तहबाट लकडाउनको पालना कडीकडाउका साथ भएपनि दिनहुँ कोरोना संक्रमण बढ्दो छ ।
अब त दैनिक जसो सयभन्दा बढी मानिस कोरोना संक्रमित भएका खबर आउन थालेका छन् । तर राजनीतिक तहमा भने यो लकडाउनले केही फरक पारेको छैन । पार्टीका मिटिङ निर्बाध भएकै छन् । बालुवाटार जानेहरुलाई कतै छेकबार छैन । यति हुँदा पनि कोरोना रोकथामका लागि आशालाग्दो कुनै काम सरकारले गरेको छैन । कहिले अध्यादेश काण्डमा देशलाई फसाएर नेताहरु रमिते भएका छन्, तर अहिले लिपुलेक प्रकरणबाट सत्ताको राजनीति थालिएको छ ।
कोरोनासँग लड्न लकडाउन एउटा राम्रो हतियार हो भन्ने चीनले नै प्रमाणित गरिदियो । त्यसको सिको गरेर नेपालमा पनि लकडाउन गरियो । चीनले लकडाउनसँगै कोरोना विरुद्ध धेरै खाले प्रभावकारी कदम चाल्यो । लकडाउनका बीच उसले धेरै भन्दा धेरै मानिसलाई परीक्षण ग¥यो । जसले गर्दा संक्रमितहरुले धेरै फैलाउन पाएनन् । तर नेपालमा भने लकडाउन गरेर नेताहरु सत्ता राजनीतिमा होमिए ।
जसले गर्दा कोरोना संक्रमण अझै फैलियो । संभावित संक्रमितलाई अलग राख्न तयार गरिएका क्वारेण्टिन कोरोना सुपर स्प्रेडर एरिया पो बन्न पुग्यो । बाँकेको नरैनापुरस्थित क्वारेण्टिन नै कोरोना उत्पादन क्षेत्र बन्न पुग्यो । सरकारले तयार गरेका क्वारेण्टिनस्थलमा न्यूनतम आवश्यकताका सामग्रीसमेत अभाव छ । पौष्टिक आहारको त कुरै छाडौं, सामान्य तातोपानी वा सिटामोलको समेत व्यवस्था गरिएको छैन । झण्डै साढे दुई अर्ब रुपियाँ कोरोना कोषमा जम्मा भइसकेको छ । उक्त रकम सरकारले कहिले र कसका लागि खर्च गर्न साँचेको हो ?
यो पृष्ठभूमिमा धेरैलाई लागेको छ– सरकारले फेरि पनि लकडाउन थप्छ । लकडाउन थप्नका लागि सरकारलाई धेरै बहाना चाहिएको छैन । मात्र एउटा भए काफी छ– लिपुलेक प्रकरण । लिपुलेक प्रकरणमा अभूतपूर्व एकता देखियो । केपी ओली नेतृत्वको सरकार यो मामलामा खासै गम्भिर नदेखिएपनि नक्सा सार्वजनिक गरेर फेरि पनि राष्ट्रवादको नक्कली भ्रम छर्न सफल भएको छ । पार्टी भित्रको द्वन्द्वबाट बच्न र एमसीसी प्रकरणलाई सहज बनाउन ओलीले भारतसँग देखावटी नै सही प्रतिकार गर्न खोजे । यसबाट ओलीलाई दुईवटा लाभ प्रत्यक्ष रुपमा पुग्ने देखिन्छ । पहिलो भनेको पार्टीभित्रको मतभेद तत्कालका लागि थाँती राख्न र दोस्रो चाहिं एमसीसीलाई संसद्बाट पारित गर्न बाटो खोल्ने । नभन्दै परिस्थिति त्यही दिशामा उन्मुख भएको छ ।
लकडाउन अब भने सामान्य नेपालीका लागि थेग्नै नसक्ने बोझ भइसकेको छ । हुनेखाने र पहुँचवालाका लागि लकडाउनको कुनै असर र प्रभाव नहोला । तर श्रमजीवी मजदूर, किसान र साना उद्यमी व्यावसायीका लागि अब लकडाउन अभिशाप बनेको छ । लामोसमय व्यापार व्यावसाय ठप्प हुँदा कतिपयको त भात भान्सा नै बन्द हुने अवस्था छ । निम्न मध्यम वर्गलाई यो लकडाउन सबैभन्दा ठूलो बिडम्बना बन्न पुगेको छ । यो वर्ग अरुसँग राहत माग्न पनि नसक्ने, भएको पनि रित्तिसकेको अवस्थामा छन् ।
नेपालमा यो वर्ग सबैभन्दा बढी र प्रभावशाली रहेको छ । त्यसैले यो वर्ग भोलि सडकमा ओर्लने अवस्था आयो भने ओली सरकारका लागि नराम्रो प्रहार हुने छ । त्यसैले अबको जनजीवन कोरोनासँग लड्दै अघि बढ्नुको विकल्प छैन । यसका लागि सरकारले राम्रो होम वर्क गरेर अग्रसर हुनु आवश्यक छ । अन्यथा, ओली शासनको पतन कसैले नगरे यही वर्गले गर्नेछन् । समयमै बिचार गरौं । चेतना भया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
देश युक्रेन र प्यालेस्टाइन बन्ने भो !
असार १३, २०८१ बिहिबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
माघ १९, २०८१ शनिबार
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार
माघ १९, २०८१ शनिबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
माघ १९, २०८१ शनिबार
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार
माघ १९, २०८१ शनिबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार