बाँके दुर्घटनाका घाइतेको पहिचान खुल्याे, सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १८:५०:१४
१९ जेठ, राँझा । बाँकेमा भएको सवारी दुर्घटनाका घाइतेको पहिचान भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जानेक्रममा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति करीब १२ बजे ना ५ ख ५९९५ नम्बरको हायस मिनीबस रोकिराखिएको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ यात्रु घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका दाङ घोराही उपमहानगरपालिका धर्नाका ४५ वर्षीय मेगराम केसी, रोल्पा त्रिवेणी गाउँपालिका –७ तिलाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, दाङ तुलसीपुर उपमहानगरपालिका –२ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी, सल्यान शारदा नगरपालिका – ६ का २६ वर्षीया टीका चलाउने, दाङ राजपुर गाउँपालिकाका २० वर्षीय दीपेश चौधरी, तुलसीपुर –२ खैरीकोट निवासी २३ वर्षीय रुपलाल केसी, रोल्पा कुरैलीका ५२ वर्षीय नरबहादुर वि.क, दाङ राजपुर गाउँपालिका –२ रैमनियाका २१ वर्षीय जीवन घर्ती र रोल्पा टुटुका ४० वर्षीय दिलबहादुर विकको भेरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिका –६ निवासी २० वर्षीय मीनराज विक, सल्यान सिद्धकुमाख गाउँपालिका–५ दह निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी, वडा नं ४ निवासी २८ वर्षीय लोकेश घर्ती, कुपिण्डे नगरपालिका –६ गोगनकटवा निवासी ५२ वर्षीय दीपबहादुर बुढा, सल्यानकै छापदरा निवासी १८ वर्षीय धनबहादुर बोहरा, दाङ गढवा गाउँपालिका –६ मानपुर निवासी २० वर्षीय भरत थापा, सल्यान सिद्धकुमाख गाउँपालिका –५ वडाकोट निवासी २६ वर्षीय निमबहादुर वली, सोही गाउँपालिकाकै वडा नं ५ दह निवासी १८ वर्षीय देवेन्द्र बुढाथोकी, शिव भण्डारी र १७ वर्षीय ज्ञानबहादुर बोहरा घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । शवको भने सनाखत हुन नसकेको प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
स्वाब परीक्षण हुँदै
सवारी दुर्घटनामा परेर मृत्यु र घाइते भएकाहरुको कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब संकलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो । मृतकमा कोरोना संक्रमण नभए परिवारको जिम्मा लगाइने र संक्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार