दशकपछि मुहार फेर्दै ‘वाटरपार्क’
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार १७:६:२५
१ असार बाँके । दैलेखकी लक्ष्मी प्याकुरेल शनिबार बेलुकी निकै खुशी थिए । “नेपालगञ्जमै यति राम्रो मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट निकै सन्तुष्ट भएकी छु”, साथीहरुसँग बेलुका वाटरपार्क घुम्न गएकी लक्ष्मीले भनीन्, “एकछिन वाटरपार्क क्षेत्रमा बिताउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ, यसको सुन्दरता देख्दा जेठको गर्मीमा नेपालगञ्जमै रारा ताल भएझैँ महसुस भयो ।”
वाटरपार्कलाई बाँकेको प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्नसके यसले वाटरपार्कको मात्रै होइन नेपालगञ्जकै मुहार फेर्नसक्ने शनिबार घुम्नकै लागि वाटरपार्क पुगेका सल्यानका दिलबहादुर केसी बताए । यी दुई उदाहरण मात्रै हुन् । नेपालगञ्जमा गर्मी शुरु भएसँगै वाटरपार्क घुम्न, बेलुकाको चिसो हावामा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक नागरिक त्यहाँ पुग्ने गर्छन् ।
सुरक्षाका हिसाबले वाटरपार्कको वरिपरि रेलिङ निर्माण गरिएको छ । आसपासमा खुला चौर भएकाले पनि चिसो हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सुन्दरताले समय बितेको आन्तरिक पर्यटकलाई पत्तै हुँदैन । नेपालगञ्जको पुष्पलाल चोकको पश्चिमतर्फ रहेको वाटरपार्कले एक दशकपछि मुहार फेर्दैछ । यसको विकासका लागि पहिलोपटक २०५० सालतिर गुरुयोजना बनेको दस्तावेजमा दखिन्छ ।
त्यतिबेला बनाएको गुरुयोजना कार्यान्वयन हुन सकेन । गुरुयोजनाले कोरेको महत्वाकांक्षी सपना थियो, ‘नयाँ टाउन प्लानिङ’ । हिजो र आज यहाँको भौतिक विकासमा सबैभन्दा ठूलो बाधक हो, ढल निकास । शहरलाई सुन्दर र समृद्ध बनाउन विविध योजना पनि नबनेका होइनन् तर ती योजना र दृष्टिकोण कार्यान्वयनमा ल्याएको देखिएन । त्यतिबेला यहाँका राजनीतिक दल र नागरिक समाज पनि विकासको मामिलामा मौन बसेको नेपालगञ्जवासी बताउँछन् ।
नेपालगञ्जलाई सम्भावनाको शहरसँगै पश्चिम नेपालको ‘गेट वे’ मानिन्छ । नेपालगञ्ज टिकेकै उसको आफ्नो इतिहासले नै भएको नेपालगञ्जवासीको भनाइ छ । यस्तै पीडामा रुमलिएको, विकास तथा संरक्षणको पर्खाइमा वर्षौंदेखि गिज्जाइरहेको योजनामध्येको एउटा हो ‘वाटरपार्क’ गुरुयोजना पनि । अहिले वाटरपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । यतिबेला वाटरपार्कमा सौन्दर्य वा यसको मर्मतको काम चलिरहेको छ ।
तेह्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ रहनेछ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइन छ । तलाउलाई डुङ्गा विहार र पौडी पोखरीका रुपमा विस्तार गरिँददैछ । विसं २०६५ मा शुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछन् । वरिपरि पक्की सडक निर्माण भइरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ मा पर्ने पुरानो तथा ऐतिहासिक पर्यटकीय गुरुयोजनाले उपमहानगरकै पहलमा दशकपछि आफ्नो रूप फेर्दैछ । वाटरपार्क क्षेत्रमा शहरीकरण हुँदैछ । दशकअघिको अलपत्र योजना निर्माणको अन्तिम चरणमा पुगेपछि सार्थकता पाउन थालेको उपमहानगरपालिकाका प्रमूख डा धवलसम्शेर राणा बताए । विसं २०६४ मा बस्ती विकासका लागि वाटरपार्क जग्गा एकीकरण शुरु भएको थियो ।
नगरप्रमुख राणाका अनुसार वाटरपार्क क्षेत्रभित्र छ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण हुनेछन् । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने उनले बताए । गुरुयोजनाका साथ अघि बढेको वाटरपार्कलाई नौका विहारका रुपमा विकसित गर्ने उपमहानगरको लक्ष्य छ । यस्तै पर्यटन प्रवद्र्धनसँगै तालमा माछा पालेर आम्दानीको स्रोत बढाउने लक्ष्य पनि उपमहानगरको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
नयाँ वर्षमा धेरै कामबाट टाढै रहनु, नत्र वर्षभर पछुताउनु पर्नेछ
पुष १७, २०८१ बुधबार
जाडोमा घाममा धेरै बेरसम्म बस्नु हुन्छ ? होसियार, क्यान्सर निम्त्याउन सक्छ
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार